दोलखाका दुई सडकमा आर्थिक अनियमितता

दोलखा, ३० असार । ‘ट्रिपल आर’ अन्र्तरगतका दुई सडकमा समेत आर्थिक अनियमितता भएको भन्दै दोलखा जिल्लाका स्थानीयले छानविनका माग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
१५ दिन अघि ‘जफे’ र ‘सहरे’का योजनामा कामै नगरी लाखौं रकम भ्रष्टाचार गर्न लागेको भन्दै स्थानीय राजनीतिक दलका नेताहरुले रकम रोक्न माग गरेका थिए । उनीहरुको माग पछि प्रमुख जिल्ला अधिकारीले रकम भुक्तनी रोक्न आदेश दिएका थिए ।
जिल्लाकै अर्को सडकमा पनि आर्थिक अनियमितता देखिएको छ । सडक निर्माण आर्थिक अनियमितता भएको भन्दै स्थानीयले उजुरी हालेका छन् ।
‘ट्रिपल आर’को सहयोगमा बन्न लागेको नाम्दू–मार्बू–क्षेत्रपा सडकमा अनियमितता भएको स्थानीयको आरोप छ । उनीहरुले छानविनको माग गरेर जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।
ग्रामीण पुन: निर्माण तथा पुन:स्थापना आयोजना अन्र्तगत नाम्दूदेखि मार्बू छापसम्मको ७ किलोमिटर सडकमा ठेक्का अवधी सकिँदासम्म पनि काम भएको छैन ।
दुईवर्ष अघि थोदुङ कन्ट्रक्सन प्रालि र सुरुचि कन्ट्रक्सन जेभीले निर्माणको जिम्मा पाएको थियो । अहिले सडकमा मान्छेसम्म हिड्न गार्‍हो हुने भएको क्षेत्रपाका भक्तबहादुर जिरेलले गुनासो गरे ।

प्रतिक्रिया