उद्योगका बारेमा सम्बन्धित निकाय अनभिज्ञ

चितवन, २७ असार । चितवनमा उद्योगहरु दर्ता हुने क्रम बढेपनि अनुगमन नहुँदा सम्बन्धित निकाय नै उद्योगको अवस्था बारे अनभिज्ञ देखिएका छन् ।
बर्षेनी उद्योगहरु दर्ता हुने क्रम बढ्दै गएपनि उद्यामीहरु क्रियाशील रहेको या नरहेका बारे सम्बन्धित निकायलाई नै जानकारी छैन ।
सरकारका तर्फबाट उद्योग दर्तापछि अनुगमनका बारे कुनै कार्यक्रम नभएकाले उद्योगको अवस्था जानकारी नभएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका शाखा अधिकृत चुडामणि गौतमले जानकारी दिए ।
विभिन्न प्रयोजनका लागि उद्योग दर्ता गरिएका भएपनि उद्योग निरन्तरताका बारे अनुगमन कमै हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा आर्थिक बर्ष २०६९/०७० मा मात्रै ७ सय ६३ वटा प्राईभेट फार्म दर्ता भएका छन् ।
४५ वटा प्रालि दर्ता भएको तथ्याङ् छ । यस्तै चालु बर्षको फागुन मसान्त सम्म १ सय ८६ वटा उत्पादनमुलक, १ सय ५ वटा पर्यटन र १ सय ४५ वटा सेवामुलक, साझेदारी तर्फ ५४ वटा उद्योग दर्ता भएका छन् ।
यद्यपि, सबै उद्योगको कार्यक्षेत्र र क्रियाशीलता बारे भने घरेलु तथा साना उद्योग आफै अनभिज्ञ छन् । कतिपय ब्यक्तिले सरकारको अनुदान र बैक तथा बित्तिय क्षेत्रको नीति नियम अनुरुप पनि सहज कर्जाका लागि उद्योग दर्ता गराउने प्रबृत्ति बढेको शाखा अधिकृत गौतमले बताए ।

प्रतिक्रिया