धागो कारखाना खुलाउन दबाव

भैरहवा, २६ असार । ७ वर्षदेखि बन्द रहेको बुटवल धागो कारखाना खुलाउन रुपन्देहीका युवाले सरकारलाई दबाव दिएका छन् ।
विभिन्न राजनीतिक दल सम्बद्ध युवा संघसंगठनले आज (बुधबार) प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापन पत्र बुझाई बन्द धागो कारखाना खोल्ने पहल गर्न माग गरेका हुन् ।
वेराजगार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्र थापाले युवाहरुलाई योग्यता अनुसारको रोजगारी दिने दायित्व सरकारको भएकाले बन्द उद्योग सञ्चानल गरी रोजगारी दिन माग गरे ।
बुटवल धागो कारखाना, विराटनगर जुटमिल, वीरगञ्जको चिनी मिल, नेपालगञ्जको कपास उद्योगलाई सञ्चालन गर्न पहल गर्ने थापाको भनाई थियो ।
कार्यक्रममा युवा संघ नेपालका अञ्चल उपाध्यक्ष कुलेन्द्र पुन, तरुण दलका वरिष्ठ उपाध्यक्ष भरतबहादुर केसी, वेरोजगार युवा संघ नेपालकी अध्यक्ष सरिता श्रीस, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया