रेजीनाले भनिन् मेरो बेईज्जत भो

Rejina-and-Kabitaकाठमाडौं । चलचित्र बरदानका दुई निर्माता अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबीचको बिबाद सहमतिमा सकिएको छ ।
निर्माता संघका अध्यक्ष राजकुमार राईसहित कार्यसमिति सदस्यहरुले दुबैको बिबाद मिलाई दिएका हुन् ।
अभिनेत्री उप्रेतीले एकबर्ष भित्र श्रेष्ठलाई ६ लाख रुपियाँ बुझाउने लिखित प्रतिवद्धता जनाए पनि बिबाद किनार लागेको हो । बिबाद पछि दुबैले वरदान चलचित्रको राईट पनि बाडफाड गरेका छन् ।
दुबैबीच सहमति भए पछि निर्मात्री कबिताले प्रहरीमा दिएको उजुरी फिर्ता लिने भएकी छन् ।
‘रेजिनासँग सहमति भयो अब उजुरी फिर्ता लिन्छु,’ निर्मात्री श्रेष्ठले भनिन्, ‘सहमति अवधिभर रेजिनाले रकम चुक्ता गरिनन् भने राम्रा हो नत्र उजुरी उल्टिन सक्छ ।’
अभिनेत्री रेजिनाले बेइज्जत गर्ने मनसायले निर्मात्री श्रेष्ठले आफू बिरुद्ध लागेको आरोप लगाईन् । ‘यदि ६ लाखमा सहमतिमा आउनु थियो भने पहिले किन कुरा गर्नु भएन,’ उनले भनिन्, ‘मैले उहाँलाई ६ लाख रुपियाँ पहिल्यै दिन्छु भनेको थिए ।’

प्रतिक्रिया