सरकार र पानी व्यबसायीबीच सहमति

paniकाठमाडौं, १६ असार । विभिन्न २० बुँदे मागहरु राखेर पानी वितरण ठप्प पारेका नीजि पानी व्यबसायी र सरकारबीचको सहमतिपछि पानी वितरण सुचारु हुने भएको छ ।

आन्दोलनरत व्यबसायीको माग सम्बोधन गर्न एक महिनाभित्र  कार्यदल गठन गर्ने सहमतिपछि पानी व्यबसायीहरुले आजै देखि पानी वितरण सुचारु गर्ने भएका हुन् । सरकारका तर्फबाट वार्तामा शहरी विकास मन्त्री छवीराज पन्त र सचिव किशोर थापा सहभागि थिए । व्यबसायीहरुले ट्यांकर आयातमा छुट दिनुपर्ने, खानेपानी व्यबसायलाई मर्यादित बनाउन नीति बनाउनुपर्ने, उद्योग बन्द गर्दा वा सार्दा क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर पानी वितरण ठप्प पारेका थिए । सधैंजसो पानीको समस्या हुने राजधानीमा व्यबसायीको आन्दोलनले थप समस्या उत्पन्न गराएको थियो । आन्दोलनरत व्यबसायीहरुले आजै देखि पानी वितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रतिक्रिया