‘एम नेपालको सेवा ग्रामीण क्षेत्रमा केन्द्रित’

parbin-pokharelएम नेपाल के हो ?
—नेपालमा पहिलोपटक मोबाइलबाट आर्थिक कारोबार गर्न लागेको नयाँ संस्था हो । सानो रकम जम्मा गर्न घन्टाँै हिँडेर बैंकमा जाने खाता खोल्ने र पैसा राख्ने, झिक्ने झन्झटबाट मुक्त भएर आºनै गाउँघरबाट सुविधा लिई कारोबार गर्न खोलिएको संस्था हो एम लेपाल । यसले नेपालको ग्रामीण भेगको जनताले धेरै सुविधा लिन सक्नेछन् ।
नेपालमा नया छ । कसरी आयो यस्तो कारोबार गर्ने विचार ?
—जब मान्छेको आर्थिक कारोबार सजिलो रूपमा हुन्छ, त्यसपछि मुलुकमा आर्थिक क्रान्ति आउनेछ । हामी चाहन्छौँ बचत गर्न सहर जानुपर्ने बाध्यता भएन भने उनीहरूको बचत गर्ने बानी हुन्छ । आर्थिक कारोबार पनि बढ्छ । यसले धेरैलाई फाइदा पुग्छ, व्यक्तिको जीवन र राष्ट्र एवं काम गर्ने संस्थालाई । त्यसैले हामीले यो काम गर्न लागेका छौँ । सबैलाई नेपालको कुल जनसंख्याको ३३ प्रतिशत जनताको पहँुचमा बैंक पुगेको छ । एउटा नाम चलेको बैंकको शाखा ५०/६० वटा छन् । तैपनि, जनताले पाउनुपर्ने सुविधा पाएका छैनन् । हामी बैंकको पहुँचमा भएका र नभएका सबैको बीचमा जाने उद्देश्यका साथ आएका छौँ । जनतालाई सुविधा दिने र उनीहरूको दैनिकीलाई सहज बनाउने उद्देश्यले एम नेपाल आएको हो ।
कसरी हुन्छ तपार्इंको बैंकिङ काम ?
—हामी सबै जनताको बीचमा जानेछौँ । स्थानीय रूपमा हामी शाखा कार्यालय खोल्दैनाँै । स्थानीय एजेन्टमार्फत काम गर्छाैं । गाउँमा पढे/लेखेको पैसाको महत्व बुझेको र सबैले पत्याउने व्यक्तिलाई एजेन्ट बनाउँछौँ । एउटा शाखा खोल्दा लाग्ने खर्चले हामी २० जना एजेन्ट राख्न सक्छौँ । गाउँको मान्छेले सेवाका लागि बाहिर जानु पर्दैन । गाउँका धेरै मान्छे वैदेशिक रोजगारमा गएका छन् । उनीहरूले पठाउने पैसा लिन दिनभरि वा घन्टौँ हिँडेर जानुपर्ने अवस्था छ । हामी हाम्रो एजेन्टमार्फत त्यस्ता व्यक्तिलाई गाउँमै सेवा दिनेछौँ । हाम्रो सबै खाता मोबाइलबाट हुन्छ, धेरै काम एसएमएसमार्फत गर्नेछौँ । हाम्रो खर्च भनेको एजेन्टलाई तालिम दिने, प्रचार–प्रसार गर्नेजस्ता कार्यमा हुन्छ ।
कस्तो वर्गलाई लक्षित गर्नुभएको छ ?
—सबै वर्ग र स्थानमा जानेछौँ । सहर गाउँ सबैतिर एजेन्ट हुनेछन् । एम नेपालको सुविधा बढी ग्रमीण भेगको जनताले लिन सक्नेछन् । नेपालको भू–बनोटअनुसार ग्रामीण भेगमा धेरै प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ । गाउँमा अन्न, तरकारी, फलफूल, दूध, दही बेचेको पैसा बचत गर्न मान्छे घन्टाँै हिँडेर बैंक जान झन्झट मान्छन् । पैसाको सुरक्षा र बचतको महत्व बुझेका हुँदैन । हामी त्यस्ता जनतालाई घरमै गएर उनीहरूको पैसा बचत गराउँछौँ । चाहेका बेला त्यही एजेन्टमार्फत उनीहरूले आºनो पैसा लिन सक्छन् । ग्रामीण भेगको लागि यो प्राथमिक स्वास्थ्यचौकीजस्तै हुनेछ । साथै, हामी मनी ट्रान्सफरको काम पनि गर्नेछौँ । जसले मान्छेले बैंकिङ सुविधा लिन घन्टाँै टाढा जानु पर्दैन । घरमै बसेर सुविधा लिनेछ । आफूलाई चाहेका बेला फोनमार्फत एजेन्टलाई सम्पर्क गर्नेछन् र सुविधा लिनेछन् ।
कसरी गर्नुहुन्छ बैंकिङ कारोबार ?
—यो मोबाइलबाट हुने कारोबार हो । नेपालमा मोबाइल सुरु भएको १२/१३ वर्ष भइसक्यो । सुरुमा कल रिसिभ गर्न पनि पैसा लाग्थ्यो । त्यतिबेला थोरै मान्छेको पहुँचमा थियो मोबाइल । आज ६६ प्रतिशत मान्छेको हातमा मोबाइल छ । हाम्रो लक्षित वर्ग त्यही ग्रामीण भेगमा बसेर मोबाइलफोन प्रयोग गर्ने जनता हो । सुरुको दिनमा हिजो मोबाइल फोन गर्नका लागि मात्र प्रयोग हुन्थ्यो । आज एउटा मोबाइलले क्यामेरा, घडी, रेडियो, क्यालकुलेटर, नोट बुकको काम गर्दै छ । मान्छेमा मोबाइल धेरै काममा प्रयोग हुन्छ भनेर बुझेका बेला त्यसमा हामीले एउटा प्रयोजन थप्न चाहेको हो । मोबाइल बैंकिङ सुविधा अहिले विश्वभर यो सिस्टम विकास हुँदै छ । विकासोन्मुख देशमा यो बढी सफल हुदै छ । नेपालजस्तो देशमा यो बढी प्रभावकारी हुनेछ भनेर हामीले सुरु गर्न लागेका हौँ ।
कसरी लिन सकिन्छ सुविधा ?
—काठमाडौंको मान्छे विराटनगर जाँदा पैसा चाहियो भने उसले त्यहीँको एजेन्टसँग पैसा लिन सक्नेछ । एटिएम चलाउनेले एटिएममा गएजस्तै यो सुविधा लिनेले स्थानीय एजेन्टमार्फत सेवा लिन सक्नेछन् वा एउटाको खाताबाट अर्कोको खातमा पैसा मोबाइलमार्फत ट्रान्सफर गर्न सकिनेछ । कुनै मान्छे दुर्गम गाउँमा पुग्यो । बेखर्ची भयो भने आफन्तमार्फत पैसा ट्रान्सफर गराएर हाम्रो एजेन्टमार्फत लिन सक्छ । ठूलो कारोबार एजेन्टले गर्दैन, सानो रकमको मात्र कारोबार हुन्छ । नेपालमा रहेका कुनै पनि बंक वा वित्तीय संस्था एम नेपालमा आबद्ध हुन सक्नेछ । हाम्रो पहिलो ग्राहक बैंक तथा वित्तीय संस्था हुनेछ । काम सुरु गर्दा कम्तीमा पनि केही बैंक सम्पर्कमा आए पनि मात्र सुरु गर्नेछाँ ।
कत्तिको विश्वसनीय र भरपर्दा छ ?
—गाउँमा घरको नेपाली जनतालाई अहिले पनि साबुनले हात धुन जनचेनता फैलाउनुपर्ने अवस्था छ । त्यस्तो चेतनास्तर भएको जनताले सजिलै हाम्रो कुरा विश्वास नगर्न सक्छन् । उनीहरूलाई मोबाइलबाट बैंकिक काम गर्न सकिन्छ भनेर विश्वास दिलाउन समय लाग्न सक्छ । त्यसका लागि धेरै चेतना दिनुपर्ने हुन्छ । पहिलो कुरा ग्रामीण भेगको सबै जनतालाई बचत भनेको थाहै छैन । उनीहरूलाई चेतना दिनुपर्छ । राष्ट्र बैंकले जसरी बेला–बेला बचत गरौँ भनेर जनचेतना जगाएछ । यसका लागि पनि सहयोग गरोस् भन्ने हाम्रो आस छ । आज हामीले सुरु गर्न लागेका छौँ । भोलि अरू पनि संस्था आउन सक्छन् । जनता सचेत भए भने सबैलाई काम गर्न सजिलो हुन्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया