कोइराला र राजदूत जयन्तबीच भेटबार्ता

jayant pd.काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र भारतीय राजदूत जयन्त प्रसादबीच भेटबार्ता भएको छ ।
कोइरालाको महाराजगञ्जस्थित निवासमा आज (बिहीबार) भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको हो । भेटमा निर्वाचन, समसामयिक विषयलगायतमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।
भारतीय राजदूत जयन्तले मंसिर–४ गते हुने संविधान सभा निवार्चनमा आफूहरुको पनि साथ र समर्थन रहेको जनाए । उनले राजनीतिक सहमितका साथ अघि बढ्न कोइरालालाई सुझाव दिएका छन् ।

प्रतिक्रिया