ह्वाइटहाउस फाइनलमा

काठमाडौं : ह्वाइटहाउस प्रथम मोर्गन कप राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा ह्वाइटहाउसले गोल्डेनगेटलाई ६१–५४ ले पराजित गर्‍यो । विजेताका ऋषि रोबर्टसनले २१ अंक योगदान गरे । ह्वाइटहाउसले पहिलो क्वाटरमा १६–४ को अग्रता लियो । त्यही अग्रता ह्वाइटहाउसको जितको मुख्य आधार बन्यो । बाँकी सबै क्वाटरमा ह्वाइटहाउस झिनो अन्तरले पछि पर्‍यो । ह्वाइटहाउस दोस्रोमा १०–१२, तेस्रोमा १६–१८ र चौथोमा १९–२० ले पछि परेको थियो ।
महिलामा गुरूकुलले गोल्डेनगेटको यात्रा ४०–११ ले पूर्णविराम लगायो । गुरुकुलको जितमा ज्ञानु गौचनले १४ अंक योगदान गरिन् । अन्तिम तथा चौथो क्वाटरमा ४–६ ले पछाडि परेको गुरूकुल अन्यमा भनेअगाडि रह्यो । गुरुकुलले पहिलोमा १२–३, दोस्रोमा १४–१ र तेस्रोमा १०–१ को अग्रता बनाएको थियो । पुरुष र महिलाको बाँकी सेमिफाइनल मंगलबार हुनेछ । (सौस)

प्रतिक्रिया