बजेटसँगै सेयरमा सुधारको अपेक्षा

काठमाडौं, ९ असार । सेयर समीक्षा उद्धव सिलवाल काठमाडांै, ८ असार । वर्तमान सरकार भनेको बहालवाला प्रधानन्यायाधीश तथा पूर्वकर्मचारी संलग्न सरकार हो । यो सरकारले राजनीतिक कार्यक्रम र दल विशेषको मागलाई सम्बोधन नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यो भनेको दल विनाको सरकारले राजनीतिक आशक्तता राख्दैनन् भन्नु हो । यसकारणले पनि सरकारले ल्याउने बजेट समय सापेक्ष आउने विश्वास गर्न सकिन्छ । देशको यर्थाथ अवस्थालाई मूल्यांकन गरेर सही बजेट आउनेमा आम नागरिक आसावादी रहेका छन् ।

सोही कारण सेयर बजारमा बजेटपछि मात्रै चलायमानको अवस्था आउन सक्छ । सेयरको कुरा गर्दा देशको वास्तविक अवस्थालाई मूल्यांकन गर्नुपर्ने हुन्छ । कृषि प्रधान देश भनिए पनि खाद्यान्नमा अझै हामी परनिर्भर रहेका छाँै । चार/पाँच वर्षको अवस्थामा आर्थिक वृद्धिदर सबैभन्दा कम साढे ३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धि डबल अंकमा पुगेको छ । आम जनता अझ भनाँै निम्न तथा मध्यमस्तरीय नागरिकले उपभोग गर्ने वस्तु र सेवाको मूल्य उच्चतम विन्दुले बढेको छ । यस्तो अवस्थामा आउन लागेको बजेट सबैको चासोको विषयको रूपमा रहेको छ । आम नागरिकले कस्तो आकारको बजेट आउला, बजेटले के कुरा समावेश गर्ला, मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकारले कस्तो कार्यक्रम ल्याउला, रोजगारी समस्यादेखि लिएर मुलुकले भोग्दै आएको यावत समस्याको निराकरणमा बजेट कति सफल होला भन्ने प्रश्न नै अहिलेको मुख्य विषय बनेका छन् ।
हाम्रो अर्थतन्त्र विभिन्न समस्याबाट ग्रसित छ । विकास बजेटको व्यवस्था र यसको कार्यान्वयनका पक्षलाई केलाएर हेर्नुपर्ने खाचो पनि उत्तिकै छ । बजेटले राजनीतिक उपलब्धीलाई संस्थागत र संरक्षण गर्ने, बाह्य सहयोग तथा वैदेशिक लगानीको सदुपयोग हुने, आर्थिक सामाजिक न्यायमा आधारित लोकतान्त्रिक र कल्याणकारी समाजको स्थापना गर्ने जस्ता विषयलाई प्राथामिकता दिनुपर्छ । अर्थतन्त्रको विद्यमान अवस्था, उपलब्ध साधन तथा संभाव्य श्रोत, दातृराष्ट्र तथा संस्थाका सहयोग सम्बन्धी नीति तथा उद्देश्य, राज्यको क्षमता र भविष्यमा आउन सक्ने सम्भावित जोखिमको मूल्यांकन गरेर बजेट निर्माण गरे राम्रो हुने थियो । यो सरकरासँग यस्ता कुराको अपेक्षा गर्न सकिने ठाउँ पनि प्रसस्तै रहेका छन् ।
लोकतन्त्रपछिका सबै बजेट विकासको लक्ष्य हासिल गर्न असफल रहेका छन् । जसको कारण मुलुकमा चरम आर्थिक विश्रृंखलता देखिएको छ । तर, बजेट ल्याउँदा देशको प्राथामितकता प्राप्त क्षेत्र जस्तै ऊर्जा विकास, कृषि, यातायाता जस्ता क्षेत्रमा राम्रो नीति निर्माण गनुपर्छ । आकासिँदै गएको मूल्यवृद्धि, उच्चव्यापार घाटा र आर्थिक अनुशासनमा देखिएको फितलोपनाले बढाएको बेरुजु अंकलाई पनि बजेटले घटाउने प्रयन्त गर्नुपर्छ ।
अहिलेको सरकारले निर्वाचनका लागि १४ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । यो भन्दाअघि ल्याउको बजेटमा १० अर्ब छुट्टयाएको थियो । सरकारी तबरबाट हुने खर्चबाहेक निर्वाचनमा जाने प्रत्येक दलकातर्फबाट समेत ठूलो खर्च हुने भएकाले त्यसको प्रत्यक्ष असर मुद्रास्फितीमा पर्नेछ । हरेक निर्वाचनका समयमा निर्वाचन आयोगले खर्चको सीमा तोकेर आचारसंहिता जारी गर्ने गरेको भए पनि त्यसको पालना भएको देखिँदैन । राजनीतिक दलले शक्ति र सामथ्र्यको प्रदर्शन निर्वाचनको रूपमा गर्दछन् । दलहरूको आर्थिक स्रोतको पारदशिर्ताबारे जतिसुकै प्रश्न उठे पनि उद्योगी, व्यापारी, व्यवासायीबाटै चन्दाका रूपमा निर्वाचन खर्च उठाइन्छ । निर्वाचन घोषणासँगै पुन चन्दा आतंक बढ्छ भनेर उद्यमी व्यवसायी त्रसित हुने अवस्था नआओस् । यदी यस्तो कार्य पुन: दोहोरिएमा चन्दाको भार अप्रत्यक्ष रूपमा उपभोक्तामाथि नै पर्छ । यी कुरामा भने सरकार सम्बेदनसिल बन्नै पर्छ ।
अबको दिनमा नेप्सेको कारोबार प्रणालीलाई अत्याधुनिक बनाई दोस्रो बजारको कारोबार क्षेत्र अझ व्यापक बनाउने, अनलाइन कारोबार सुरु गर्ने, नेप्सेलाई आइएसओ प्रमाणित संस्थाको रूपमा विकास गर्ने, निजीकरण प्रक्रियालाई तीव्रता दिने, रणनीतिक साझेदार आकर्षित गर्ने, स्टक मार्केटमा वैदेशिक लगानी भित्र्याउने, नेप्सेको संरचनागत परिवर्तन गर्ने, खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर खरिद/बिक्री गराउने उद्देश्यले स्थापित ओटिसी बजारको महत्त्व बुझाई कारोबार गराउने, स्टक एक्सचेन्जको संरचनात्मक परिवर्तन गरी समायनुकूल बनाउने, रियल सेक्टर कम्पनीलाई बजारमा ल्याई वित्तीय क्षेत्रको प्रभुत्व कम गर्नेलगायतका बजार विकासका क्षेत्रमा काम गर्ने संभावना देखिएको छ । यो भनेको सेयर बजारको लागि सकारात्मक पक्ष हुन् ।
लोकतन्त्रपछि आर्थिक अवस्था बिग्रदै गएको छ । यस्तो अवस्थामा अति सम्बेदनशील क्षेत्रको रूपमा रहेको सेयर बजारलाई कमजोर राजनीति संयन्त्रले सबैभन्दा बढी प्रभाव पारिरहेको छ । तरल राजनीति अवस्थामा नीतित नियममा हुने हेरफेरले गर्दा सेयर बजारप्रति सरकराले हेर्न दृष्टिमा परिवर्तन आउने अपेक्षाले बजारप्रति विश्वासको वातावरण नबने पनि अबको दिनमा राजनीति स्थायित्व हुने संभावनमा वृद्धि भएको छ ।
नेप्सेलाई राष्ट्रको अर्थतन्त्रको ब्यारोमिटर मान्ने गरिन्छ । नेप्से तल जाँदा अर्थतन्त्र खस्किएको र नेप्से बढेमा अर्थतन्त्र मजबुत भएको सिद्धान्त प्रचलनमा छ । विश्वमा पनि यही सिद्धान्तलाई अनुसरण गर्ने गरिएको छ । अहिले बैंकहरूमा तरलता समस्या देखिन थालेको छ । बजेटपछि तरलता समस्या स्वत समाधान हुन्छ । यस्तो अवस्थामा सरकारले सबै लगानिकर्तालाई समेट्ने नीति ल्याउन सके सेयरमा लागानी कर्ता बढ्ने निश्चित छ ।
सेयर धितोमा लगाइएको बन्देज हटेपछि बैंक तथा वित्तीय संस्था आफैँले धितोको जोखिम मूल्यांकन गरेर सेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन् । सेयर बजारको इतिहास केन्द्रीय बंैकले नेप्से परिसूचक एक हजार एक सयभन्दा माथि पुगेपछि ९० प्रतिशतसम्म सेयर धितो कर्जा पवाह भइरहेको अवस्थालाई नियन्त्रण गर्दे ५० मा झारेको थियो । अहिले सेयर खरिदमा ब्रोकर नै बिभिन्न बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाहको माध्यम बन्न सक्ने अवस्था सुरु भइसकेको छ । यी सबै कुरालाई हेर्ने हो भने आम लागनीकर्ताले चालु आबमा सेयर बिक्री गर्नुभन्दा सरकारले ल्याउने नीति तथा कार्यक्रम हेरर त्यस्ले पार्ने प्रभावको मूल्यांकनपछि मात्रै सेयरमा थपलगानी गर्नु उपयुक्त हुनेछ । अहिले लगानी कर्ता सेयर बिक्री गर्नुभन्दा साउनपछि मात्रै सेयर बिक्री गरे बढे नाफा आजर्न गर्न सकिने आकलन बजारले गरेको छ ।
घटन थाल्यो नेप्से
काठमाडौ : काठमाडौ : नेप्से परिसुचकमा बियरीस ट्रेन्ड देखिएको छ । सोही कारण साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलब ४३ अंकले ह्रास भई ४ सय ८८ दशमलब ५५ अंकमा पुगेको छ । गत साता स्टक एक्सचेन्जमा १ सय २० कम्पनीहरूको कारोबार भएको छ । जसमा ५ हजार ७७ कारोबारबाट ३९ करोड २७ लाख ८७ हजार रुपिया बराबरका १५ लाख ८७ हजार ६ सय ५० कित्ता शेयर खरीद बिक्री भएका छन् । गत साता १ सय १९ कम्पनीको कारोबार भएको थियो । जसमा ५ हजार १ सय ७५ कारोबारबाट २९ करोड ४४ लाख ९१ हजार रुपैयाँ बराबरका ११ लाख ८० हजार ५ सय २३ कित्ता शेयरहरू खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३३ दशमलब ३८ प्रतिशतले वृद्धि भएको हो । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र २५ करोड ३० लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ६४.४२ प्रतिशत हो ।
सातामा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दनको तुलनामा २ दशमलब शुन्य ९ अंकले ह्रास भई १ सय २१ दशमलब ७० अंकमा झरको छ ।
गत साता कारोबार रकमतर्फ १० करोड ३० लाख २१ हजार रुपैयाँको आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको शेयर संख्या ३ लाख ७९ हजार २ सय १ कित्ताको आधारमा नबिल व्यालेन्सड फण्ड अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा ६ सय ३८ वटाको आधारमा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा एभरेष्ट बैंक, बैंक अफ काठमाण्ड, स्टेष्र्डड चाटर्ड बैंक नेपाल, चिलिमे हाइड्रो पावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

प्रतिक्रिया