पिजे क्लबलाई टाकुरा सुजको सहयोग

PJकाठमाडौं : आसन्न मिडिया कप फुटबल प्रतियोगिता खेल्न लागिरहेको व्यवसायिक फोटो पत्रकारहरूको साझा संस्था फोटो पत्रकार क्लब (पिजे क्लब) लाई टाकुरा सुज प्रालिले करिब पचास हजार रुपियाँ बराबरको फुटबल सुज उपलब्ध गराएको छ । राजधानीमा एक कार्यक्रम गरी कम्पनीका प्रबन्धनिर्देशक नवराज गौतमले क्लबका अध्यक्ष र टिम कप्तानलाई उक्त किट्स हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रबन्धनिर्देशक गौतमले व्यवसायिक फोटो पत्रकारलाई आफ्नै उद्योगबाट उत्पादन भएका फुटबल सुजबाट सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पिजे क्लबसँग थप सहकार्य हुने पनि आश्वासन दिए ।
टिम कप्तान नरेन्द्र श्रेष्ठले स्वदेशी उत्पादनलाई मैदानमा प्रयोग गर्न पाउँदा टोलीले हौसला पाउने आशा व्यक्त गरे । क्लबका अध्यक्ष प्रकाश माथेमाले व्यवसायिक फोटो पत्रकारसँग सहकार्य गरेकोमा टाकुरा सुज परिवारलाई धन्यवाद दिए । (सौस)

प्रतिक्रिया