राष्ट्रिय विद्यालय खेलकुदको आज औपचारिक उद्घाटन

Vidhyalaya-Khelkud-Logoकाठमाडौं, ३१ जेठ । प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) को औपचारिक उद्घाटन शुक्रबार हुँदै छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रतियोगिताको

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विधिवत् उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रम करिब १ घन्टा १५ मिनेटसम्म चल्ने राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप), विद्यालय खेलकुद विकास बोर्डको तत्त्वाधानमा एनप्याब्सन, प्याब्सन र हिसानद्वारा आयोजित खेलकुदमा १३ खेल समावेश छन् ।
एनप्याब्सनको भागमा परेको एथलेटिक्स, क्रिकेट र कबड्डी सम्पन्न भइसकेको छ । हिसानले बास्केटबल, भलिबल, बुद्धिचाल, पौडी र टेबलटेनिस सञ्चालन गर्ने जिम्मा पाएको छ । प्याब्सनले जिम्मा पाएको खेलमा बाघचाल, कराते, फुटबल, ब्याडमिन्टन र उसु छन् । ब्याडमिन्टन, टेबलटेनिस, बाघचाल, बुद्धिचाल र पौडी खुला रहेको भन्ने अन्यको जिल्ला र क्षेत्रीय छनोट भएको थियो ।
विद्यालय स्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने उद्देश्यका साथ राखेपले पहिलोपटक विद्यालय खेलकुदको अवधारणालाई अघि सारेको हो । प्रतियोगिता
असार ४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया