आगामी बजेटमा उर्जा क्षेत्रलाई प्राथमिकता

Shankar-Koiralaकाठमाडौं, ३० जेठ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी बजेटले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । टेलिभिजन एडिटर गिल्डका प्रतिनिधिहरुसंगको भेटमा मन्त्री कोइरालाले गरिवी न्यूनिकरण, रोजगारी सिर्जना र निजीक्षेत्रसंगको सहयात्रा आफ्नो प्रमुख लक्ष्य रहेको स्पष्ट पारेका हुन् ।
२३ दशमलव ३ प्रतिशत राजश्व वृद्धि र उल्लेख्य वैदेशिक सहयोगका कारण मुलुकको आर्थिक सूचकांक सन्तोषजनक अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले सन् २०२२ सम्म मुलुकलाई विकासशिल देशको कोटीमा पु¥याउन ७ प्रतिशतको दिगो आर्थिक वृद्धि आवश्यक रहेको बताए ।
आगामी बजेटमा सरकारले उर्जालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री कोइरालाले भने– ‘यसैको फलस्वरुप अहिले हाइड्रोपावर क्षेत्रमा सरकार नै सवैभन्दा ठूलो लगानीकर्ता भएको छ । उर्जासंगै ट्रान्समिसन लाइनलाई पनि संगसंगै लगिने छ । सरकारले दिएको बाटो र ट्रान्समिसनको सुविधाका कारण सिमेन्ट उद्योगमा एक खरब लगानी भएर मुलुक आत्मनिर्भर बन्दै गएको छ ।’
सो अवसरमा टेलिभिजनका सम्पादकहरुले आगामी वर्षको बजेटमा पत्रकारको पेशागत सुरक्षा सम्बन्धी विषय सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
आजै नेपाल मिडिया सोसाईटीले पनि अर्थमन्त्री कोइरालासंग भेट गरी सञ्चार गृहहरुमा लोडसेडिङ अन्त्य गरिदिन माग गरेको छ ।

प्रतिक्रिया