नेकोस बुद्धिचाल असार तेस्रो साताबाट

काठमाडौं : नेकोस दोस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता असारको तेस्रो साता हुने भएको छ । १७ देखि २२ असारसम्म सञ्चालन हुने यस प्रतियोगितामा ५० जिल्लाका लगभग २ सय ५० खेलाडी सहभागी हुने बुधबार राष्ट्रिय खेलकुद परिषद्को समीक्षालयमा पत्रकार सम्मेलनमा आयोजकले बताए ।
गत वर्ष ४२ जिल्लाका १ सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यस वर्ष प्रतियोगिताको पुरस्कार राशि २ लाख ५० हजार रुपियाँ रहेको छ । राष्ट्रिय बुद्धिचाल संघ नेपाल आयोजक रहेको यस प्रतियोगितामा शीर्ष ४१ खेलाडीले नगद पुरस्कार पाउनेछन् । सम्पूर्ण खेल बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र, नयाँ बजार काठमाडौंमा सञ्चालन हुनेछन् । आयोजक राष्ट्रिय बुद्धिचाल संघका अध्यक्ष नारायण दास गमालले यस प्रतियोगिताले बुद्धिचाल खेलाडीमा हौसला बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया