काठमाडौं, २८ जेठ । ‘ए’ डिभिजनमा पुन: उक्लिए यता राजधानीमा पहिलो प्रतियोगिता खेलिरहेको ब्वाइज युनियन क्लब सानदार प्रदर्शन गर्दै गोर्खा कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम क्वार्टरफाइनलमा ब्वाइज युनियनले रानीपोखरी कर्नर टिम(आरसिटी)लाई २–० ले पराजित गर्यो । यो नतिजासँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । फाइनल प्रवेशका लागि ब्वाइज युनियनले नेपाल आर्मीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा यसअघि दुईपटक फाइनलमा भिडेका थ्री–स्टार र मनाङ्–मस्र्याङ्दी आमनेसामने हुनेछन् ।
जावलाखेल र हिमालयन शेर्पालाई पराजित गरी समूह चरणदेखी नै सानदार प्रदर्शन थालेको ब्वाइज युनियनले नकआउट चरणमा पनि सोमबार सुरुआतदेखि नै दबाब सिर्जना गरेको थियो । पाँचौँ मिनेटमै कमल श्रेष्ठको गोलमार्फत ब्वाइजले पहिलो अग्रता लियो । सानदार लयमा रहेका न्युरोड टिम(एनआरटी)का पूर्वखेलाडी असिमजंग कार्कीले बनाएको मुभमा कमलले खाली पोस्टमा गोल गर्नुअघि किरण राईको क्रसले गोलकिपर दिलिप क्षेत्रीलाई बिट गरेको थियो । २२औँ मिनेटमा असिम आपैँmले गोल गर्दैै टोलीको अग्रता मात्र दोब्बर बनाएनन् जित नजिक समेत पुर्याएका थिए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै असिमले हेडमार्फत गरेको प्रहार बार नजिक भएर बाहिरियो ।
खेलको ३६औँ मिनेटमा आरसिटी गोल नजिक देखिएको थियो तर दीपेश थापामगर असफल रहे । पहिलो हाफ २–० ले अगाडि रहन सफल ब्वाइजले दोस्रो हाफमा समेत आरसिटीलाई गोल गर्नबाट रोक्यो । ५४आँै मिनेटमा आरसिटीका शेखर लिम्बूको प्रहार क्रस बारमा लागेर फर्किनु ब्वाइजका लागि सौभाग्य रह्यो । ६५आँै मिनेटमा असिममार्फत ब्वाइज गोलनजिक देखिए पनि यी युवा मिडफिल्डर वन भर्सेस वन अवसरमा असफल भए । उनको प्रहारलाई गोलकिपर दिलिपले रोके पनि आरसिटीले त्यसपछि पनि खेलमा फर्कने छाँट देखाउन सकेन ।
हारपछि आरसिटी प्रशिक्षक मधु कार्कीले अप्रत्यासित हार व्यहोरेको दाबी गरे । ‘यो खेल हार्छौं भन्नेमा एक प्रतिशतसमेत सोचेको थिइनँ ।’ गत सहिद स्मारक ‘ए’ डिभिजन लिगको सिंगल राउन्डमा सानदार प्रदर्शन गरेको आरसिटी यस खेलमा फिक्का बनेको जिकिर गर्दै मधुले भने, ‘हाम्रा खेलाडीले निकै कमजोर प्रदर्शन गरे । साच्ची भन्ने हो भने उनीहरूको प्रदर्शन जिरो रह्यो ।’
ब्वाइज युनियन च्याम्पियन बन्दै गत वर्ष ‘बी’बाट ‘ए’ डिभिजनमा उक्लिएको थियो । ‘बी’मा उक्लिएसँगै उसले एनआरटीका खेलाडी असिमजंग कार्की, गोलकिपर राजु योगीलाई भित्र्याएको थियो । स्मरणीय छ, हिमालयन शेर्पाले केही वर्षअघि ‘ए’ डिभिजनमा उक्लिएपछि खेलेको पहिलो ‘ए’ डिभिजन प्रतियोगिता ‘राष्ट्रिय नकआउट’ जित्दै बलियो ‘ए’ डिभिजन क्लबलाई जिल्याएको थियो । त्यतिबेला हिमालयनले देखाएको गतीलाई कायम गरेको छ यतिबेला ब्वाइजले । ब्वाइजका प्रशिक्षक विजय महर्जनले टोलीको प्रदर्शनप्रति सन्तुष्टी व्यक्त गर्दै बलिया टोलीलाई हराउँदै आएकाले आर्मीविरुद्ध हुने खेलमा ब्वाइज उच्च मनोबलमा रहने बताए । ब्वाइज र आर्मीबीचको सेमिफाइनल बुधबार हुनेछ । क्वार्टरफाइनलमा आर्मीले साविक विजेता नेपाल पुलिसलाई हराएको हो । अन्तिम आठका अन्य खेलमा थ्री–स्टारले जावलाखेल र मनाङले मच्छिन्द्रलाई पराजित गरेका थिए । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
‘गेट फी’ बढाइयो
जारी गोर्खा कप फुटबलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ । यस्तो स्थितिमा आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले सेमिफाइनलदेखि लागू हुने गरी प्रवेश शुल्क(गेट फि) बढाएर मजाकभैँm गरेको छ । सेमिफाइनलदेखि प्यारापिटको साधारणतर्फ दुई सय र विषेशतर्फ पाँच सय रुपियाँ गेट फि रहने एन्फाले जनाएको छ । यसअघि ती प्यारापिटमा क्रमश: एक सय र तीन सय रुपियाँ गेट फि रहेको थियो ।
प्रतिक्रिया