प्रियंका मेरीकोमको भूमिकामा

priyanka-chopraमुम्बई : सधै कोमल, मायालु भूमिकामा देखिने बलिउड अभिनेत्री प्रियंका चोपडा अब कठोर भूमिकामा देखिने भएकी छन् । सञ्जय लीला भन्सालीको आगामी चलचित्रमा उनी कठोर भूमिकामा देखिन लागेकी हुन् । उनी यस चलचित्रमा बक्सिङ खेलाडी मेरिकोमको भूमिकामा देखिन लागेकी छन् । ‘म आºनो साइज जिरो भएको भन्ने कुरामा विश्वास गर्दिनँ,’ चोपडाले भनिन, ‘चलचित्रका लागि मैले केही वजन घटाएकी हुँ । किनभने, म अहिले पछिल्लो चलचित्र अभिनयका लागि प्रशिक्षण लिइरहेको छु ।’ चलचित्रमा आफूले निर्वाह गर्न लागेकाले भूमिकामा आफूलाई ढाल्न प्रशिक्षणमा लागेको उनले खुलाइन् ।
३० वर्षीय प्रियंकाले प्राय: सबै चलचित्रमा अलग–अलग भूमिका निर्वाह गर्ने गरेकी छन् । चलचित्र ‘कमिने’ र ‘बर्फी’मा पनि उनले फरक–फरक किसिमको भूमिका निर्वाह गरेकी थिइन् । उनी अब विश्व च्याम्पियन खेलाडी मेरिकोमको भूमिका निर्वाह गर्दै छिन् । चोपडाले मेरिकोमको भूमिका निर्वाह गर्ने चलचित्र उनकै जीवनीमा आधारित भने होइन । यो चलचित्र उनको जीवनबाट प्रेरित हो । आफू मिहिनेत गरेर यो चलचित्र सफल बनाउने तवरमा लागेको उनले सुनाइन् । चलचित्रको छायांकन नजिकिँदै जाँदा आºनो अभिनय के–कस्तो हुने हो भनेर प्रियंका डराएकी छन् । आगामी जुनमा छायांकन सुरु हुने यस चलचित्रको निर्देशन भन्सालीले नै गर्ने भएका छन् । (एजेन्सी)

प्रतिक्रिया