जिउँदो कुखुरासँगै मरेका कुखुराको बिक्री

birdfluचितवन, २६ जेठ । चितवन भरतपुर–८ गौरीगन्जमा रहेको ओरेन्टियल फार्मर्स प्रालिले दिनदहाडै जिउँदो कुुखुरासँगै मरेको कुखुरा बिक्री गरी जनताको स्वास्थ्यमा खेलवाड गरेको छ ।

चितवनमा बर्डºलुको संक्रमण बढिरहेका बेला ह्याचरीबाट निकालिएका, खानका लागि अयोग्य भएका ब्रोइलर कुखुरा सार्वजनिक स्थलमा मरेका र जीवित दुवैथरी कुखुरा खुला रूपमा बिक्री गरिएको छ । ओरेन्टियल फार्मर्स प्रालिले भरतपुरको तीनखेलो गुम्बा नजिक रहेको हाट बजारमा मरेका कप ५ सय जातको कुखुरासहित २ सय ३० कुखुरा बिक्री गरेको थियो । हाट बजारमा बेच्दै गरेका मरेका कुखुरा देखेपछि स्थानीय सरोकारवालाले यसको विरोध गरेका थिए । उनीहरूले खान अयोग्य र अस्वस्थकर कुखुरा बजारमा ल्याएर जनताको स्वास्थ्यसँग खेलबाड गरेको स्थानीय सरोकारवालाले आरोप लगाएका छन् । ‘मैले त सस्तो कुखुरा भनेर जिउँदै किनेर लगेको,’ स्थानीय धनबहादुर परियारले व्यापारीलाई भने, ‘किन मलाई मरेको कुखुरा दिएको हँ, लैजाऊ तिम्रो मरेको कुखुरा मेरो पैसा लेऊ ।’ यसरी ग्राहकले लगेको कुखुरा मरेपछि कुखुरा खरिदकर्ता सबै त्रसित बनेका थिए । हाटमा नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय सदस्य उद्धव तिमल्सेनाले सार्वजनिक स्थानमा खुला रूपमा कुखुरा बिक्री गरिएको भन्दै आपत्ति जनाएका थिए । ह्याचरीहरूले आºना सप्लायर्समार्फत कुखुरा बिक्री गर्नुपर्ने भए पनि नियमविपरीत काम गरेको भन्दै त्यसलाई बन्द गरेका थिए । बर्डºलुको संक्रमण फैलिएको समयमा खुला रूपमा मरेका कुखुरा बेच्नुले जनताको स्वास्थ्यमा नकारात्मक असर पर्ने तिमल्सेनाको भनाई थियो । उता, ह्याचरीबाट कुखुरा बिक्रीका लागि आएका हिमाल कँडेलले भने, ‘पशु चिकित्सक डाक्टर रामप्रसाद पौडेलसँग चेकजाँच पास गरेर मात्रै बिक्री गरेका हौ ।’ उनले कुखुरा सानो भएको भन्दै सप्लायर्सले लिन नमानेपछि बाध्य भएर बिक्री गरेको बताए । ‘हाम्रा कुखुरा साना भनेर लिएनन्,’ उनले भने, ‘बाध्य भएर लगानी उठाउन बिक्री गरेको हो । हाटबजारमा ओरेन्टियलको चल्ला बोक्ने गाडीमा २ सय बढी कुखुरा ल्याइएको थियो । १ केजीदेखि १ केजी २ सय ग्रामसम्मका कुखुरा १ सय २५ रुपियाँका दरले बिक्री गरिएको थियो । स्थानीयले सो गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि नेपाल कुखुरा बजार व्यवस्थापन संघको जिम्मा लगाएका थिए । चितवनमा गत २० चैतयता ११ ठाउँमा बर्डºलुका कारण दश करोडभन्दा बढी घाटा भइसकेको छ ।

प्रतिक्रिया