उद्योगमाथि तोडफोडको विरोध

काठमाडौं, २६ जेठ । : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको गोंगबुस्थित लोमस हर्वल रिसर्च सेन्टरमा ६/७ जनाको संख्यामा आएका केही व्यक्तिले सेन्टरमा जबरजस्ती प्रवेश गरी उनलाई हातपात गरेको र भौतिक सामग्रीमाथि गरेको तोडफोडेको नेपाल उद्योग वाणिज्य महासंघले त्यसको विरोध गरेको छ ।

यसअघि चौधरी समूहको कार्यालयमा एक समूहले तोडफोड गरेको थियो । कतिपय ठाउँमा उद्योग प्रतिष्ठान बलजºती बन्द गराइका छन् । यी गतिविधिलाई नेपाल उद्योग वाणिज्य महासंघले पूर्णत: गैरकानुनी, अराजक, आपत्तिजनक र सम्पूर्ण निजी क्षेत्रमाथिको सुनियोजित आक्रमणका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
हालको परिस्थितिमा उद्योग व्यवसायले धान्न सक्नेभन्दा बढी न्यूनतम पारिश्रमिक सिफारिस भएको र यसका विरुद्ध दोब्बरभन्दा बढि वृद्धी गर्ने भनेर उद्योग प्रतिष्ठान बन्द गर्दै हिँड्नु असान्दर्भिक मात्र होइन, नेपालको सम्पूर्ण उद्योग व्यवसायको अवस्था नबुझेको वा उद्योग व्यवसाय चल्नै नदिने नियतले गरिएको ठहर महासंघको छ । उद्योग व्यवसायमाथि आक्रमण गर्ने/गराउने, तोडफोड गर्ने माथि कडा कारबाही मात्र होइन, त्यस्तो कामबाट भएको क्षतिको सम्पूर्ण हर्जाना पनि दिनुपर्ने महासंघले बताएको छ । महासंघका अध्यक्ष सुरज वैद्यले श्रमिक कामदारका कुनै समस्या र माग छन् भने विधिसम्मत प्रक्रियाबाट त्यसको निकास निकाल्न सकिने भन्दै राजनीतिक उद्देश्य प्राप्तिका लागि उद्योग व्यवसायलाई निशाना बनाउन नहुने बताए । उनले यस्तो कार्य सदका लागि अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया