ओशोका आनीबानी

Anoopam-Pokhrelप्रख्यात ग्रिक दार्शनिक हेराक्लिटसले भनेका छन्, ‘एउटै खोला दुईपटक तर्न असम्भव छ ।’ स्थायित्वको नकारको वकालत गर्नेहरूमाझ हेराक्लिटसको यो भनाइ निकै प्रख्यात छ.। जीवनको प्रवाहमा हेलिने क्रममा चाहे शरीर होस् वा मन, हरेक क्षण परिवर्तन भइरहेको हुन्छ । प्रत्येक दिन प्रत्येक क्षण हामीभित्र पुरानो मर्दै छ र त्यसको सट्टा नयाँको जन्म भइरहेको छ । हाम्रो जीवन–दर्शन, दृष्टिकोण पनि यसबाट अछुतो छैन ।

रजनीश (ओशो) को जीवनशैलीमा पनि समयले थुपै्र बदलाव ल्यायो । उनको मृत्यु नभएसम्म र उनको विभिन्न समयक्रमका जीवनशैलीलाई आधार मानेर कसैले उनलाई भगवान्कै स्थान दिएका छन त कसैले अब्बल दर्जाका दार्शनिक । त्यसो त रजनीशलाई ठग वा यौनवादी गुरु अथवा ध्यान तथा अध्यात्म बेच्नमा चतुर न्यापारी मान्ने जमातको पनि कमी छैन । रजनीश बुद्धत्वको तलाउमा फुलेका उत्कृष्टतम् फूल त थिए नै । तर, साथसाथै मान्छेमा हुने विभिन्न मानवीय कमजोरीबाट रजनीश पनि अछुतो भने थिएनन् ।
रजनीश प्रतिभाशाली दार्शनिक, प्रकाण्ड विद्वान्, सम्बुद्ध पुरुष, भ्रष्ट र चतुर व्यापारी–यी सबै थिए । आºनो जीवनकालभरि भारी व्यक्तित्वका विभिन्न आयामको समानुपातिक प्रभाव यिनमा रह्यो । एउटा सामान्य कपडा पसलेको परिवारमा जन्मेर गरिब गाउँले जीवनमा हुर्केका रजनीशले आºना सुरुवाती दिनमा अत्यन्त कठिन जीवन बिताएका थिए । विद्यार्थी जीवन सिध्याएर विश्वविद्यालयमा प्राध्यापक रहँदासम्म र सोही अवधिमा भारत भ्रमण गर्दासम्म पनि यिनको जीवन अत्यन्त सरल र सहज ढंगको थियो । विद्यार्थी रहँदाका दिनमा त प्रतिदिन रजनीश मुस्किलले दुई/तीन घन्टा मात्र सुत्न पाउँथे । ती दिनमा क्याम्पसका कक्षा सिध्याएर यिनी दिनभर कुनै एक अखबारमा सहायक सम्पादकका रूपमा काम गर्न जान्थे अनि रातभर सडक बत्तीको प्रकाशमा विभिन्न पुस्तक पढ्ने गर्थे ।
पढाइ सिध्याएर विश्वविद्यालयको शिक्षक भइसकेपछिका दिनमा रजनीशले भारत भ्रमण सुरु गरेका थिए । चिप्लेकिरा झैँ घस्रिने लामा–लामा रेल चढेर भारतका विभिन्न गाउँ चहार्दै ध्यान र अध्यात्मको चर्चा गर्ने गर्थे । महात्मा गान्धीको ख्याति चरम रहेको त्यसबेलाको भारतका ती दिनमा रजनीशले पनि सायद भिडको ध्यान आफूतिर तान्न गान्धीवादी जीवनशैली अँगालेका थिए । सादा सेतो लँुगी मात्र लगाएर नग्न छाती देखाएरै रजनीशले थुप्रै स्थान भ्रमण गरे, धेरैलाई ध्यान तथा अध्यात्म सिकाए त्यस समय ।
विस्तारै रजनीश भिडबाट आजित हुँदै गएका थिए र स्थायी रूपमा कतै बसेर आºना आध्यात्मिक गतिविधि सञ्चालन गर्ने इच्छाबमोजिम बम्बई र त्यसपछि पुनामा बस्न थालेका थिए । यसबेलासम्म पनि आºनो सादा जीवनशैलीबारे बताउँदै रजनीश भन्ने गर्थे, मलाई मेरो कोठा र केही पुस्तक भए पुग्छ, जीवनमा अब केही चाहना बाँकी छैन ।
यिनै रजनीश मृत्युपूर्वका अन्तिम दिनहरूमा यति विलासी बनेका थिए कि तिनको पूर्तिका निम्ति यिनले अनेकन सोझा व्यक्तिको आध्यात्मको आड लिएर गर्नु शोषण गरेका थिए । साथै, आफैँ पनि विभिन्न किसिमका मन्द मादक पदार्थका दुव्र्यसनी बनिसकेका थिए ।
यौनका मामलामा त रजनीशलाई कुनै धर्म गुरुले उछिन्नै सक्दैनन् । रजनीशका निकटतमहरू सदैव महिला हुने गर्थे । विभिन्न समयमा विभिन्न स्थानमा खोलिएका आºना आश्रममा विभिन्न प्रशासनिक पदको सिर्जना गरेर त्यसमा महिला अनुयायी भर्ती गर्ने गरेका रजनीश सधैँ सुन्दर महिलाद्वारा घेरिएर बस्न अत्यन्त रुचाउँथे । ‘ऊर्जा दर्शन’को नाम दिएर गोप्य कोठामा सुन्दर युवतीलाई छानी–छानी बोलाउनु रजनीशको बानी थियो । विभिन्न आध्यात्मिक प्रयोग गराउने भनिएको यस्तो ‘ऊर्जा दर्शन’मा के हुन्थ्यो भन्ने कुरा सदैव गोप्य रह्यो । तर, केही महिला अनुयायीले रजनीशले त्यस किसिमका ऊर्जा दर्शनमा बोलाएर आºनो यौन शोषण गर्ने गरेको खुलासा गरेका छन् । केहीले त रजनीश दुई वा तीन जोडी बोलाएर उनीहरूलाई सम्भोग गर्न लगाई आफू हेरेर आनन्द लिने गरेको पनि बताएका छन् । रजनीश आश्रमहरूमा अध्यात्मिक विकासका निम्ति भनेर गरिने सामूहिक सम्भोगका गतिविधिले संसार हल्लाएको थियो त्यतिबेला । रजनीशका समकालीन धर्मगुरु जिद्धु क्रिश्नामूर्तिले ‘रजनीश अध्यात्मको आड लिएर बसेका वेश्यावृत्तिका दलाल’ भन्ने गरेका थिए ।
अमेरिका बस्दा रजनीशमा भ्यालियम र नाइट्रस अक्साइडजस्ता मादक लागुपदार्थको दुव्र्यसनको विकास भएको कुरा पनि रजनीश निकटका अनुयायीले खुलासा गर्ने क्रम बढ्दो छ । त्यसबेला उनी रक्सिका पनि ºयान भएका थिए । सायद यसै कारण होला, रजनीश आºना आखिरी दिनमा अक्सर भन्ने गर्थे, ‘मेरो शरीर मेरा लागि नर्क भएको छ ।’ निकै लामो समय रजनीशको निजी सचिव भएर काम गरेकी ‘माँ आनन्द शिला’ले हालसालै प्रकाशित आºनो संस्मरणमा ‘आश्रममा कसरी लुकाई–छिपाई विभिन्न नशालु औषधि रजनीश र तिनकी प्रेमिका मा योग विवेकको प्रयोगका निम्ति लगिन्थ्यो’ भनेर वर्णन गरेकी छन् ।
सबैभन्दा बढी अन्याय त सायद रजनीशले ‘मा योग विवेक’ माथि गरे । क्रिस्टिन वुल्फ स्मिथ नामकी बेलायती नागरिक ती युवतीलाई रजनीशले १९७१ मा सन्न्यास दीक्षा दिई ‘मा योग विवेक’ भन्ने नाम दिएका थिए । त्यसबेला २१ वर्षकी विवेक अत्यन्तै सुन्दर थिइन् । सुन्दर त रजनीशका वरपर झुम्मिने अनेकन महिला अनुयायी पनि थिए । तर, सायद रजनीश कुनै एक सुन्दर युवतीको साथ स्थायी रूपमा बस्न चाहन्थे । विवेकलाई उनको पूर्वजन्ममा उनी आºनी प्रेमिका ‘शशि’ रहेकी भन्दै रजनीशले फसाइहाले र ती युवतीले रजनीशको त्यस्तो उडन्ते दाबीलाई सत्य मान्दै आºनो सम्पूर्ण जीवन रजनीशको हेरचाहमै बिताइन् ।
रजनीश अनेक तर्क गर्दैै एक पुरुष र एक महिला मात्रमा सम्बन्ध कायम राख्न नहुने बताउँथँे । अनि आफू पनि अनेकन महिलासँग यौनसम्बन्ध कायम गर्थे र आºना अनुयायीलाई पनि त्यही काम गर्न प्रेरित गर्थे । तर, स्त्री स्वभाववश विवेकलाई यो कुरा रुचिकर पक्कै लाग्दैनथ्यो । जीवनभर त्यसैकारण उनी रजनीशको एकलौटी माया पाउनका निम्ति कल्पिरहिन् । रजनीशकी प्रेमिकाका कारण आश्रमका अनुयायीहरूमाझ उनको विशेष स्थान र सम्मान त पक्कै थियो । तर, महिलाका निम्ति प्रमुख कुरा आºनो पुरुषको अविभाजित प्रेम हुँदो हो सायद । विवेकमा यस्तै कारणले गर्दा विक्षिप्तता बढ्दै गयो । रजनीशको निर्देशबमोजिम यसलाई नियन्त्रण गर्न विभिन्न किसिमका नशालु औषधि विवेकलाई दिन थालियो । रजनीशसंँगको सहवासका कारण गर्भवती भएकी विवेकलाई जबर्जस्ती गर्भपतन गर्न बाध्य पारियो र एक रात आश्रममा विवेकको मृत शरीर फेला पर्‍यो । मृत्युको कारण अधिक नशालु औषधिको सेवन बताइयो । आश्रमका हर्ताकर्ताहरूले मध्यराति नै एम्बुलेन्स झिकाई गोप्य रूपमा घाट पुर्‍याई विवेकको दाहसंस्कार गरे । यस घटनापछि रजनीश निकै गलेका थिए । विवेकप्रति गरिएको अन्यायप्रति पश्चात्ताप बोध भएर हो वा आºनो अत्यन्त निकट प्रेमिकाको मृत्युले हो, थाहा हुन सकेन । यस घटनाको एक महिनापछि रजनीशले पनि मृत्युवरण गरेका थिए । सायद, रजनीशको जीवनमै आएको सबैभन्दा ठूलो ‘ट्रयाजेडी’ यही थियो ।
प्रजातान्त्रिक पद्धतिमा खासै विश्वास नगर्ने रजनीशले आºनो आश्रममा कडा एकतन्त्रीय शासन चलाएका थिए र आश्रममा बस्न इच्छुकलाई आश्रमका उट्पट्याङ नियम मान्नका निम्ति अनेकन दबाब सिर्जना गरिन्थ्यो । विज्ञान र प्रविधिप्रति रुचि राख्ने तर यसबारे अनभिज्ञ रजनीशले एकपटक त आश्रमभित्र हातमा पन्जा नलगाई यौनसम्पर्क राख्न नपाइने नियमसमेत लागू गराए । त्यस्तै, आश्रमभित्रका कामदार सन्न्यासी अनुयायीले सन्तानोत्पादन गरेको खण्डमा आश्रमको काममा बाधा पुग्ने डरले अनेकन सन्न्यासीको जबर्जस्ती बन्ध्याकरणसमेत गरिदिए । कैयौँ धनी व्यक्तिहरू ‘बुद्धत्व’ पाउने आशमा रजनीश आश्रमलाई करोडौँ दान गरेर आफू कंगाल भए ।
आश्रमको करोडौँ डलर लिएर भागेको आरोप लागेकी रजनीशकी तत्कालीन निजी सचिव ‘माँ आनन्द शिला’ (जसले रजनीशसँग निकै समय निकट रहेर काम गरेकी थिइन्)ले पनि रजनीश अत्यन्तै कठोर र व्यापारिक प्रवृत्तिका रहेका र आफूविरुद्धका आर्थिक अपचलनको आरोप रजनीशले आफू उनका विभिन्न आपराधिक उद्देश्यले प्रेरित गतिविधिमा सहभागी हुन इन्कार गरेपछि लगाएको दाबी गरेकी छन् ।
रजनीशका जीवनका यी नकारात्मक पाटा मात्र उनको व्यक्तित्वको सम्पूर्णता भने थिएन । रजनीश असाधारण विद्वान् थिए, जसले लाखौँ पुस्तक पढेर पचाएका थिए र त्यसैकारण जस्तै दुरुह दर्शन पनि आºनो मौलिक र सरस शैलीमा व्याख्या गर्न सक्थे ।
उनको आवाज पनि उत्तिकै मादक थियो र बोल्ने शैली पनि त्यस्तै सम्मोहक । त्यसैको बलले उनी लाखौँका प्रिय बने । रजनीश अब्बल कोटिका ध्यानी र योगी पनि थिए । रजनीशको नजिक बस्ने मौका पाएकाहरूले उनको वरपर अनौठो, सम्मोहक र आनन्ददायी ऊर्जाको महसुस हुने गरेको बताएका छन् । कैयौँ साधु आफूमा शक्तिपात गर्नसक्ने क्षमता रहेको झुटो दाबी गर्ने गर्छन् ।
बम्बई र पुनामा रजनीशले आध्यात्मिक संगठन सुरु गर्दा आफूले जानेका सम्पूर्ण कुरा जिज्ञासुका निम्ति नि:शुल्क र सहज उपलब्ध गराएका थिए । उनको संगठन ठूलो हुँदै गयो, संगठनमा आर्थिक प्रयोजनकै निम्ति विभिन्न किसिमका साक्षात्कार कार्यक्रम गर्न थालियो जसले आश्रमलाई निकै धनी बनायो । सायद यहीँबाट षड्यन्त्र र भ्रष्टाचारको फोहोरी चलखेल रजनीशको जीवनमा सुरु भयो । संगठन ठूलो भइसक्दा रजनीशको जीवन अत्यन्त विलासी भइसकेको थियो । उनले प्रयोग गर्ने गरेका हरेक वस्तु अत्यन्त महँगा हुने गर्थे । रजनीशका निकटतम शिष्यका अनुसार उनका विलाशी माग पूरा नभएको खण्डमा रजनीश अत्यन्त रिसाउने गर्थे र सम्बन्धित शिष्यहरूलाई कुनै न कुनै अप्ठ्यारोमा पारिदिने गर्थे । त्यसैले पनि शिष्यहरू रजनीशका हरेक माग चुपचाप पूरा गर्नु नै उचित ठान्थे ।
रजनीशको जीवनका यी अनेकन आयामकै कारण उनलाई अत्यन्त विवादास्पद सन्तका रूपमा लिने गरिन्छ । कोही उनको जीवनका नकारात्मक पक्ष मात्र केलाएर उनलाई निकृष्ट सावित गर्नेतर्फ उद्यत छन् त कोही रजनीशलाई महिमामण्डित गरेर ।
रजनीशको आग्रह थियो, उनलाई समग्रतामा स्वीकार गरियोस् । भगवान्को अर्थ बताउँदै रजनीश भन्थे, ‘भगवान् ती हुन् जसले आफूभित्रको साक्षीभाव, आफूभित्रको चैतन्यको स्वाद पाएका छन् । मजति भगवान् हँु, तिमी वा अरू कोही पनि त्यति नै भगवान् हौ । औँलाबाट खरानी झार्दै हिँड्ने पाखण्डीहरू भगवान् होइनन्…न त तिनीहरू सन्त नै हुन्, ती त केवल निकृष्ट जादुगर मात्र हुन् ।’
प्रख्यात जर्मन दार्शनिक फ्रेडरिक नित्सेले झैँ रजनीशले पनि मान्छेको जीवनलाई भागवत्ता प्राप्तिको कल्पवृक्षतर्फ उन्मुख बीउको उपमा दिएर नयाँ गरिमा दिलाए । यस कारण रजनीश सम्मानयोग्य छन् । अनि सम्मानयोग्य यसकारण पनि छन् कि रजनीशको दर्शनले मानिसलाई पुरातनको बन्धनबाट मुक्त गरी ध्यानको नृत्यरत शून्यतामा पुर्‍याउने सार्मथ्य राख्छ । सायद त्यसैले होला रजनीशले भनेका छन्, ‘डन्ट बाइट माई फिङ्गर्स…लुक एट ह्वेर दे आर पोइन्टिङ’ अर्थात्, ‘मेरा औँला टोकेर नबस..बरु तिनले कहाँ देखाइरहेछन् त्यता हेर….।’

प्रतिक्रिया