पश्चिमाञ्चल टिम च्याम्पियन

काठमाडौं, २५ जेठ । राष्ट्रपति डा. रामवरण यादवले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमलाई शीतलनिवासमा शुक्रबार रनिङ सिल्ड र ट्रफीसहित पुरस्कृत गरे । यस प्रतियोगितामा समग्रमा पश्चिमाञ्चल दुई सय २३ अंकसाथ च्याम्पियन बन्यो । १ सय ९९ अंक भएको मध्यमाञ्चल दोस्रो भयो भने तेस्रो हुने मध्यपश्चिमाञ्चलले एक सय ९२ अंक प्राप्त गरेको थियो । पूर्वाञ्चल (१२५) चौथो सुदूरपश्चिमाञ्चल (७३) पाँचौँ भए । एथलेटिक्समा शीर्ष ६ तथा भलिबलमा शीर्ष चार स्थानसम्मलाई निश्चित अंक प्रदान गरिएको थियो । दुवै खेलको अंक जोडेर टिम च्याम्पियनको घोषणा गरिएको हो । शीर्ष तीन स्थानमा रहनेले क्रमश: २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

आशिषको तेस्रो कीर्तिमान
मध्यमाञ्चलका आशिष चौधरीले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्सतर्फ थपएक विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनाएका छन् । छात्रको दुई सय मिटर दौड २२.५ सेकेन्डमा पूरा गर्दै विमलले नयाँ कीर्तिमान कायम गरेका हुन् । २४ घन्टाअघि यसै प्रतिस्पर्धाको हिट चरणमा पश्चिमाञ्चलका विमल बस्नेतले कायम गरेको २२.९ सेकेन्डको कीर्तिमान आशिषले भंग गरे ।

प्रतिक्रिया