कपास उत्पादनमा वृद्धि

Kapas-Sourya-Dailyनेपालगन्ज : अनुकूल मौसम, रोग–किराको प्रकोपमा कमी तथा गुणस्तरीय बिउ प्रयोग गरिएका कारण बाँके र दाङ जिल्लामा यस वर्ष कपास उत्पादनमा वृद्धि भएको छ ।
ती दुई जिल्लामा यस वर्ष एक सय ४० टन कपास उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएकामा एक सय ७५ मेट्रिक टन उत्पादन भएको बाँकेको खजुरास्थित कपास विकास समिति प्रधान कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३० र दाङमा १ सय ७० बिघा जग्गामा कपासखेती गरिएको थियो भने व्यावसायिक कपासखेतीमा ८ सय कृषक संलग्न छन् । समितिले यस वर्ष कृषकसँग खरिद गर्ने कपासको मूल्य गत वर्षभन्दा प्रतिकेजी १२ रुपियाँ वृद्धि गरी ६२ रुपियाँ निर्धारण गरेकामा कृषक अत्यन्त खुसी भएका छन् । सरकारले कपास विकास समितिमार्फत किसानले उत्पादन गरेको कपास समितिमार्फत नै खरिद गर्दै आएको छ भने स्थानीय बजारमा कपासको माग पनि अत्यधिक रहेको बताएको छ ।
गत वर्षसम्म पुरानो
बिउका कारण कपासको उत्पादन घट्न थालेपछि समितिले यस वर्ष भारतको हरियाणाबाट ‘एच १०९८’ जातको उन्नत जातको कपासको बीउ खरिद गरी किसानलाई अनुदानमा उपलब्ध गराएको थियो । सरकारले कपास उत्पादन वृद्धि योजनाअन्तर्गत बीउ, रासायनिक मल र विषादीमा ५० प्रतिशत अनुदान र प्राविधिक सेवा उपलब्ध गराएपछि यस क्षेत्रका किसान विस्तारै कपासखेतीतर्फ आकर्षित हुन थालेको समितिले जनाएको छ । गत वर्ष बाँके र दाङ जिल्लामा एक सय ३२ टन कपास उत्पादन भएको थियो ।

प्रतिक्रिया