बढ्दो दुर्घटना र सार्वजनिक यातायातको चरित्र

Madhav-SayaPatriदुर्घटनाहरू अग्रिम जानकारी दिएर घट्दैनन् । तर, अगाडिको सावधानीले पचास प्रतिशत दुर्घटना कम गर्न सकिन्छ । नेपाल धेरै सवारी दुर्घटना हुने देशमा पर्छ । आकासमा उड्ने जहाजदेखि जमिनमा गुड्ने मोटरसाइकलसम्म दुर्घटनाको सिकार हुने गरेका छन् । अत्यधिक नेपालीले प्रयोग गर्ने सवारी साधन सार्वजनिक बस हो । हवाइजहाज दुर्घटनापछि छानविन आयोग बन्ने गरेको छ, भलै आयोगले दिएको प्रतिवेदन विस्वसनीय नदेखियोस् । ‘मानवीय त्रुटि’ भनेर मरेको पाइलटलाई दोष थोपर्ने काम मात्र गरेको देखिन्छ ।
जहाज दुर्घटना पर्दा कम्तीमा पनि आयोग बन्छ । तर, नब्बे प्रतिशत नेपालीले प्रयोग गर्ने जमिनमा गुड्ने सार्वजनिक बस दुर्घटना हुादा छानविन आयोग सायदै बनेको होला । एकदुई मानिस मर्ने गरी दिनहुा सवारी दुर्घटनाहरू हुने गरेका छन् । तर, कहिलेकाहीाको दुर्घटनामा दर्जनौा मानिस मर्छन् । मूलत: सवारी दुर्घटना मानवीय कमजोरीकै कारणले हुने गर्छ । भर्खरै सिन्धुपाल्चोकको हिमाली गाउा भोताङबाट छुटेको बस थाङपालकोट–१ सल्लेभिरमा दुर्घटना हुादा डेढ दर्जन मानिसको मृत्यु भयो । समाचारमा आएअनुसार केटी जिस्क्याएको निहुामा दुर्घटना भएको भनिएको छ । दुर्घटनामा बाबुछोरीलगायत एकै परिवारका तीनजनाको मृत्यु भएको छ । यस्ता कहाली लाग्दा दुर्घटनाको दृश्य वा समाचारले आङ नै सिरिङ गराउाछ । तर, अधिकांश नेपालीलाई बस चढेर यात्रा नगरी धरै छैन ।
नेपालका अधिकांश सडक सुरक्षित छैनन् । पहाडी क्षेत्रमा त थोत्रा बस हाल्ने गरिएको छ । अधिकांश जनताले प्रयोग गर्ने सार्वजनिक सवारी साधन र सडकहरू पटक्कै भरपर्दा छैनन् । कहाा, कतिखेर भीरबाट गुल्टिनुपर्ने हो कुनै टुंगो हुादैन । सजिलो सडकमा पनि बस पल्टिएकै छ, अप्ठेरो त अप्ठेरो भइहाल्यो । बस दुर्घटनामा परी गाउा नै सखाप भएका उदाहरणहरू पनि छन् । जन्ती बोकेको बस, परीक्षा दिन हिाडेका वा दिएर आएका विद्यार्थी, तीर्थयात्रामा गएका तीर्थालु तथा अध्ययन भ्रमणमा गएका मानिस चढेको बस दुर्घटनामा पर्दा गाउा नै रित्तिएका छन् ।
सवारी साधनमा यात्रु चढाउने र ओराल्नेदेखि बसको गति, सडक र सवारी साधनको यान्त्रिक अवस्था तथा चालक तथा बसकर्मचारी कतिको परिपक्व वा अनुभवी छन्, यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । जानुपर्नेलाई नगई हुादैन, बसधनी वा चालकलाई मान्छे नचढाइ हुादैन । कतिपय अवस्थामा चालक दबाबमा समेत पर्ने गरेका छन् । यात्रु नचढाएको निहुामा झगडा र भाडाको निहुामा पनि भनाभन भएकै छ । चालकहरू नै झगडा गर्न अघि सर्छन् । रिसको झोकमा कतिपय ठाउामा चालकले जानीजानी बस हुत्याइदिएका पनि छन् । चालकले बसको भारक्षमता कति छ, सडक कस्तो छ, ख्यालै नगरी बस द्रूत गतिमा कुदाउाछन् । बसले सन्तुलन गुमाएपछि चालकले नियन्त्रणमा लिन सक्दैन । बस दुर्घटनामा पर्छ । । बस चढ्ने बेला हामी कहिल्यै चालकको दक्षता र अनुभवबारे सोधीखोजी गर्दैनौा । चढ्नै हतारिन्छौा । ठेलमठेल यात्रु भएको बसमा पनि चढिदिन्छौा । चढ्नु हाम्रो बाध्यता हो । बस चढेपछि गन्तव्यमा पुगिन्छ वा पुगिादैन, आफन्तको मुख देख्न पाइन्छ पाइादैन, यात्रु यात्राभरि चिन्तामा रहन्छ ।
तराई र सहरका मुख्य राजमार्गमा भन्दा पहाडी र हिमाली क्षेत्रमा चल्ने कच्ची सडकमा बसहरूमा यात्रुचाप धेरै हुने गरेको छ । स्थानीय बासिन्दालाई सडकको ट्याक खोल्नेबित्तिकै बस हाल्न हतार हुन्छ । बस व्यवसायीको कमाउने राम्रो धन्दा बन्छ । नेपालका सडकहरू पक्की नै भए पनि मापदण्डअनुसारका छैनन् । सिंगललेन सडकमा अर्को दिशाबाट आएको साधनलाई साइड दिनसमेत ठाउा पुग्दैन । सवारी साधनलाई ब्याक गरेर निकै पछाडि पुर्‍यानुपर्ने हुन्छ । यसो गर्दा झनै दुर्घटनाको सम्भावना हुन्छ । कच्ची सडकको अवस्था जीर्ण छ । बस गुडाउने सडकको हो कि भौसी खेद्ने बाटो हो छुट्टयाउनै मुस्किल पर्छ । पहाडी तथा हिमाली क्षेत्रका कतिपय सडकहरू मौसमी छन् । ठूलो पानी वा हिाउ पर्‍यो भने गाडी चलाउने अवस्था नै हुादैन । तर, जबर्जस्ती त्यस्तो सडकमा पनि बस जोल्टिङ खाादै गुडिरहेका देखिन्छन् । चलाउादा चलाउादै बीचैमा पानी पर्‍यो भने बस एकै ठाउामा हप्तौा बसिरहन्छ । यात्रुहरू अलपत्र पर्छन् ।
जम्माजम्मी ३०/३२ सिट क्षमता भएको बसभित्र यति यात्रु कोचारिन्छ, सासै फेर्न गाह्रो हुन्छ । तीनदोब्बरभन्दा बढी यात्रु राखी चलाएको देखिन्छ । लापर्बाहीको पराकाष्ठा योभन्दा बढी के हुन्छ ? अधिकांश बस दुर्घटना बढी यात्रु चढेका कारणले हुने गरेको छ । यातायात व्यवस्था विभाग, यातायात समिति, बस व्यवसायी, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यस्ता कुराको जानकारी भए पनि वास्ता गरेको पाइादैन । प्रहरी चेकपोस्ट नजिक पुगेपछि यात्रुलाई ओरालिन्छ र हिाडाइन्छ । चेकपोस्ट छलिएपछि फेरि चढाइन्छ । पुलिसको आँखाअगाडि छतमा यात्रु राख्न पाइादैन । आाखा छलेर जे पनि गर्न पाइन्छ । चेकपोस्टअगाडि यात्रु ओर्लिएनन् भने पुलिसले निहुा खोज्छन् । बसै रोकेर राखिदिन्छन् । बसकर्मचारीले नरमकरम रकमी झटारो हान्दिएपछि पुलिसले आाखैको संकेतले बस लैजान अनुमति दिन्छन् । चेकपोस्टमा बसेका पुलिसहरू हाकाहाकी भन्छन्, ‘हाम्रो जागिर जोगाइदिनुस् । हामीले नदेख्ने ठाउामा जे सुकै गर्नुस् ।’ कति भयंकर खेलााची ? पुलिसको जागिर जोगाइदिए हुने तर सर्वसाधारणको ज्यानको जिम्मा कसले लिने ?
पहाडका अधिकांश सडकमा कुनै एउटा मात्र यातायात समितिको एकछत्र राज चलिआएको छ । यसलाई सिन्डिकेट पनि भन्ने गरिएको छ । सरकारले सवारी साधनमा सिन्डिकेट हटाउन जति नै प्रयास गरे पनि यातायात व्यवसायी वा समिति नै सरकारभन्दा शक्तिशाली भएर देखा परेका छन् । उनीहरूले अघोषितरूपमा गुन्डा पालेर राखेको भेटिएको छ । तिन्ले आफू पनि स्तरीय सेवा दिन सक्दैनन् र अर्कोलाई पनि गर्न दिादैनन् । कार्बाही गर्ने निकाय उनीहरू सामु निहुरीमुन्टी भएको छ । यात्रु खचाखच भए चलाउने नत्र लोकल बस नचलाउने गरेको पनि भेटिएको छ । यातायातमा भएको सिन्डिकेटले पनि सवारी दुर्घटना थपेको छ । मनपरी भाडाको निहुामा झगडा अनि दुर्घटनाको सिकार ।
सार्वजनिक सेवामा आएपछि जो कुनै क्षेत्रले सार्वजनिक चरित्र देखाउन सक्नुपर्छ । सार्वजनिक क्षेत्र व्यापार मात्र होइन, सेवा पनि हो । नत्र त्यसलाई सार्वजनिक सेवा भन्न सुहाउादैन । बसकर्मचारीले यात्रुलाई गर्ने गरेको व्यवहारबाट त्यो पुष्टि हुन्छ । सरकार आफू पनि सार्वजनिक सवारी साधन चलाएर सर्वसाधारणलाई सेवा दिन सक्दैन र सेवा गर्न आएको निजी क्षेत्रलाई पनि व्यवस्थित गर्न सक्दैन । सरकारले चलाएको सार्वजनिक यातायातको हविगत त सबैलाई जानकारी भएकै कुरा हो । जनकपुर– जयनगर रेलमार्गको अवस्था जीर्ण छ । विना चालक ५० किलोमिटर गुडेको देखे/सुनेकै हो । त्रिपुरेश्वर–सूर्यविनायक ट्रली बस बन्द भयो । बाह्रवर्ष बन्द भएर पुन: सञ्चालनमा आएको साझा बस पनि कति नै समय चल्ला र सार्वजनिक सेवामा आएका यातायात समितिलाई सरकारले सार्वजनिक चरित्र देखाउन बाध्य पार्नुपर्छ । सिन्डिकेटको अन्त्य गर्नुपर्छ । नत्र आफौले चलाएर देखाउन सक्नुपर्छ ।

प्रतिक्रिया