थ्री–स्टार र आरसिटी क्वार्टरफाइनलमा

Gurkha-cup-futbal----3-Starकाठमाडौं, २१ जेठ । थ्री–स्टार क्लब र आरसिटी गोर्खा कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा एक गोलले पछि परेको थ्री–स्टारले एपिएफलाई २–१ ले पराजित गर्‍यो । यसअघि भएको खेलमा आरसिटीले देशभक्त क्लबलाई ५–० ले पराजित गर्‍यो । थ्री–स्टारलाई जित दिलाउने क्रममा बैकल्पिक खेलाडी विजय गुरुङ र डुडोजले गोल गरे । नवौँ मिनेटमा गणेश लावतीको गोलमा एपिएफले अग्रता लिएको थियो । टोपबहादुर विष्टको क्रसमा लावतीले गोल गरेका थिए । डुडोजलाई फल प्रहार गरेपछि दोस्रो पहेँलो कार्ड स्वरूप भीम श्रेष्ठले रातो कार्ड पाएपछि खेल एपिएफ ४७औँ मिनेटदेखि १० खेलाडीमा सीमित थियो । ७६औँ मिनेटमा प्रकाश बुढाथोकीलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका विजय गुरुङले ७९औँ मिनेटमा गोल गरे ।
यसअघि भएको खेलमा आरसिटीका लागि सुमन लामाले ह्याट्रिक गरे । रोशन लामिछाने र प्रदीप मल्लले थप गोल गरे । पहिलो हाफ देशभक्तको रक्षापंक्ति सुदृढ थियो । पहिलो हाफको इन्जुरी समयमा सुमनले पहिलो गोल गरे । ६५औँ मिनेटमा दोस्रो गोल गरेका सुमनले ६८औँ मिनेटमा ह्याट्रिक पूरा गरे । यसै सत्र एनआरटीबाट आरसिटीमा आबद्ध भएका रोशनले ७८औँ मिनेटमा रिबाउन्डमा गोल गरे भने ८४औँ मिनेटमा वैकल्पिक खेलाडी प्रदीपले गोल गरे ।

प्रतिक्रिया