ग्लोबल आइएमईबाट पण्डित सम्मानित

imeकाठमाडौं : इन्टरनेसनल मनिएक्सप्रेस प्रालि(आइएमई)तथा ग्लोबल आइएमई बैंकले आफ्नो संस्थाको लोगो अंकित झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल सगरमाथा आरोही तथा अल्ट्राधावक सञ्जय पण्डितलाई सम्मानित गरेको छ ।
सगरमाथामा आइएमईको झन्डा फहराइएसँगै आइएमई सगरमाथामा झन्डा फहराउने नेपालको पहिलो रेमिट्यान्स कम्पनी बनेको दाबी विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल टीका, खादा र सम्मानपत्रप्रदान गरेर पण्डितलाई सम्मानित गरेका हुन् । सम्मान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका बजार तथा व्यापार प्रवद्र्वन प्रमुख डेनियल डी. श्रेष्ठ, ग्लोबल आइएमई बैंककी बजारप्रबन्धक शान्ता शिवाकोटी लगायतअन्य आइएमई तथा बैंकका अधिकारीहरूको उपस्थिति रहेको थियो । पण्डितलाई आइएमई तथा ग्लोबल आइएमई बैंकले एक लाख रुपियाँ सगरमाथा आरोहणका लागि सहयोग गरेको थियो ।

प्रतिक्रिया