मत-विमत

ऋतुको चिया पसल

सौर्य अनलाइन २०७० जेठ १७ गते २३:०१ मा प्रकाशित

Kumar-Nagarkotiवि.सं. २०५१ ।
ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु ।
ज्ञानीहरू भन्छन्, ‘अतीतमा डुल्ने डुलुवाहरू मूर्ख हुन् ।’ आफू कुनै पनि ‘रूप प्लस सार’मा ज्ञानी पुरुष नभएको हुनाले म लाक्षणिक हिसाब–किताबले मूर्ख नै हँु । र, सायद पटमूर्ख पनि । रूप र सारको गन्जागोलमा नपर्नु नै यस बखत रुचिकर होला । कि कसो ?
तर पनि भन्नुपर्ने हुन्छ : जीवनमा भए गरेका सम्पूर्ण मूर्खतापूर्ण एवं सुरुचिपूर्ण घटना, उपघटना या कार्यकारी घटनाहरूको लेखाजोखा गर्न म यहाँकहाँ ती स्मृतिजन्य उद्यानहरूतिर डुली हिँड्छु, घुमी हिँड्छु ।
ऋतुको चिया पसल वास्तवमा एलेन गिन्सबर्गको कुनै कवितामा फेला पर्ने स–सानो कफी हाउसजस्तै थियो । सात–आठ थान मेच टेबल, खित्रिङमित्रिङ सामान, भित्तामा मोनालिसाको पोस्टर, प्लास्टिकका बाटा एवं बाल्टीहरू, स्टोभ, यस्तै यस्तै । अलमस्त टाइपका ग्राहकहरूले चिया पिउने अड्डा ।
ऋतु चिया बनाउँथी । के चिया बनाउँथी र † चियासित आºनो पार्थिव–हृदय उमाल्थी, सायद । सादा कुर्ता सल्वार लगाउने ऋतु कुनै मौन तपस्वीझैँ सदा शान्त मुद्रामा हुन्थी । ऊ जवान थिई । म पनि कम जवान कहाँ थिएँ र † ऊसित मेरो कुराकानी कमै हुने गथ्र्यो । गफगाफ गर्ने जिम्मा त अरु ग्राहकहरूको नै थियो । म त त्यहाँ छेउको टेबल ओगटी चुपचाप अद्भुत किताबहरूको रहस्यलोकतिर हराइरहेको हुन्थेँ ।
‘अर्को कप चिया ?’ ऊ आफैँ सोध्थी । मलाई उस्को अनुहार हेर्ने फुर्सद हुँदैनथ्यो । सायद ऊ नै चिया उमाल्दै मेरो मङ्गोल अनुहार हेरी बस्थी पसलको कुनाबाट । तात्तातो चिया मेरो अगाडि राखिदिन्थी ।
मैले पढिरहेको पुस्तकको नाम पनि ऊ यसो चिहाउँदी होला र † डायरीमा, नोटबुकमा म के फुटनोट्स लेखिरहेको हुन्थेँ, उसले कहिल्यै थाहा पाई होला ?
वास्तवमा, त्यसबेला म साहित्यको नवोदित पाठक बन्ने सत्कर्ममा जुटेको थिएँ । आफूलाई म एक उदीयमान पाठक बनाउन चाहन्थेँ । साहित्यमा उदीयमान या नवोदित केवल ‘लेखक’ हुनुपर्छ भन्ने टिप्पणी विश्वसाहित्यको कुन संविधानको कतिऔं धारा/उपधारामा उल्लेख गरिएको छ, म बबुरोलाई थाहा थिएन ।
तसर्थ, म एक उदीयमान पाठक बन्ने सन्दर्भमा थिएँ । मेरो सम्पूर्ण पेसा भन्नु नै साहित्य, कला, दर्शन, चित्रकारिताको अध्ययन नै त थियो नि † पढ्नैका निम्ति मैले आºनो जीवनको आकर्षक प्रथम नोकरी छाडेँे । कलेज छाडिदिएँ । विश्वविद्यालयको प्राज्ञिक इम्पेरियलिजममा कहिल्यै रुचि जागेन । स्वाध्ययनकै निम्ति वसन्तपुरस्थित दाजुभाउजूको परिवारलाई छाडिदिएँ । पाटनको चाकुपाटमा एउटा डेरा लिएँ जहाँ ऋतुको चिया पसल पनि थियो ।
त्यो चिया पसलमा मैले आºनो केही आयु फ्याँके । घन्टौं बसोवास गर्थें त्यहाँ ।
ऋतुको परिवार मेरो कोठाभन्दा माथिको तल्लामा बसोवास गथ्र्यो । तीन दिदीबहिनीमा ऊ माहिली छोरी थिई । दाइ पाटनको इलेक्ट्रिक पसलमा सेल्सम्यान थियो । आमा आध्यात्मिक पाराकी थिइन् । गुरू बाल योगेश्वरको शिष्य । भनूँ भने पूरै परिवार गुरूजीको आशीर्वादमा थियो । बुबाचाइने अस्तित्वदेखि सफाचट भैसकेका थिए †
ऋतुकी आमाले एक दिन भनेकी थिइन्, ‘कुमार बाबु † हिँड्नुस् भोलि शनिबार तपाईंंलाई गुरू महाराजजीकहाँ लैजान्छु । जानुहुन्छ ?’
‘मैले त्यहाँ गएर के पो गर्ने होला ?’ भनेँ ।
‘प्रवचन सुन्ने । सत्संग गर्ने ।’
प्रवचन र सत्संगको अभ्यास नगर्नुपर्ने कुनै कारण थिएन । ओशो, युजी अनि कृष्णमूर्ति, नागार्जुनजस्ता आध्यात्मिक गुरूहरूको किताबी सत्संगको अद्भुत लत लागिसकेकै थियो । यसो गुरू महाराजजीको सत्संग ‘ट्राई’ मार्दा राम्रै त होला नि †
सामाखुसीको प्रवचन हल आध्यात्मिक ºलेभरमा/सम्पूर्ण ‘औरा एण्ड अरोमा’ सितै मेरो प्रतीक्षा गरिरहेझैँ लाग्यो । ऋतु छेवैमा बसी । केही भजन कानभित्र छिरे । भिडियो स्क्रिनमा गुरू महाराजजी बाल योगेश्वर देखापरे । हलका सप्पैहरू आध्यात्मिक मुडमा देखा परे । ऋतुले भनी, ‘प्रवचन ध्यानपूर्वक सुन्नुस् । तपाईंको जीवनमा काम लाग्छ ।’
जीवनमा काम लाग्ने प्रवचन त ध्यानपूर्वक सुन्नै पर्‍यो । एउटी जवान युवतीले भनेपछि झन् टार्ने नै कसरी † भिडियो प्रवचनमा गुरूजी उवाच :
मनुष्यको इस तरह से सम्मोहित किया गया कि वो अपनी अन्दर की यात्रा हि तय कर नहीँ पाता । कितनी अजीव बात है ये कि अपना आत्माकी खोज वो बाहर की दुनियाँमे करता है । भौतिक पदार्थों मे वो खो गया है । मानव सभ्यता के इतिहास मे मैने आद्मीको इतनी विवश और दु:खदायी स्थिति मे कभी नहीँ पाया । बचपन से लेकर युवा तक, युवा से लेकर बुढापे तक आद्मी सिर्फ बाहर हि देख्ने की अभ्यास करता है । जब कोई बच्चा रोता है तो उसकी माँ उसे कोई खिलौना थमा देति है । बच्चाको आदत पड जाती है खिलौनासे । वो खिलौना वादमे बदल जाती है और आद्मी की स्थायी मित्र बन जाती है । वो पडोस की महल, सडक की ल्याम्प पोस्ट, विज्ञापन की होर्डिङ बोर्ड देखकर बडा होता है ।
अपनी भितर की यात्रा मे वो भला क्याँ पडे † क्योँ कि उसे तो बस पकडना है । ट्रेन छुट जाती है । अपनी अस्तित्व की खजाना छुट रही है, उसे इसका कुछ पता नहीँ । मै कहेता हँु, इस भागदौड की जीवन से कुछ देर विश्राम लो । ध्यानमे डुबो । अपनी अन्तसकी यात्रा मे तुम्हेँ कोई भिसा जरुरत नहीँ होगी । कोई पासपोर्ट जरुरत नहीँ होगी । जागो और अपने आपको ढुँडो । बहुत हो गई वेवफाइ अपनी आत्मा से । अपनी आत्मा की मौन प्रेम निवेदन स्वीकार करेँे … ।
झसंग भएँ । आºनो आत्माको प्रेम निवेदन स्वीकार गरियोस् भनी गुरूजीले भर्खरै भने । मौन तपस्वी ऋतुलाई यसो हेरेँ । ऊ त पद्मासनमा प्रवचनको आनन्द लिइरहेकी थिई आँखा चिम्लेर । भिसा या पासपोर्ट नै नलिई ऊ कुन आनन्दलोकमा उडिरहेकी थिई ? मेरो हृदयलोकमा आएको त कुनै खबर छैन ।
ऋतुलाई उसकै आºनो आनन्दलोकमा मैले छाडिदिएँ ।
जीवन मेरो औसत रूपमा सरल रेखामा कोरिएको गल्लीमा हिँडिरहेको थियो । तर पछि वक्ररेखामा मेरो जीवन कुनै भुस्याहा कुकुरझैँ अस्तित्वका तपसिल गल्लीहरूमा भड्कन थाल्यो । मैले चाल पाएँ, सारा मानिसझैँ बाँच्नु मेरो अधिकार थियो । तर, प्राथमिक अधिकार मात्रै मेरो निम्ति पर्याप्त थिएन । सार्वभौम भन्नुस् या संवैधानिक अस्तित्वमा जीवनका केही पर्सनल छनोट पनि त हुनु परो नि ए गाँठे † मैले छनोट मन पराएँ । मैले मीरा भट्टराईलाई रूचाएँ । माफ गर ऋतु †
ऋतुको चिया पसल उस्तै थियो । त्यहाँ हजारौं कप चिया र त्यति नै खिल्ली चुरोट खाएँ हुँला । सत्संग या प्रवचनले मेरो आत्माको शुद्धीकरण खै किन हो, हुनै सकेन । हृदय परिवर्तन भन्छन् नि ज्ञानीहरू † खै त † आºनो हृदय त उस्तै छ, खनिज जस्तो, शिलालेखजस्तो…
चिया पसलमा कहिलेकाहीँ ग्राहकसित आध्यात्मिक भनाभन हुन्थ्यो । सन्त महाराजझैँ गरी फुर्ती लगाउँदै कोही भन्थ्यो, ‘मनुष्यको केन्द्र आत्मा हो । मानव देह त आखिर के नै पो हो र † केवल भ्रम हो, माया हो, मृगतृष्णा हो ।’
मलाई आत्मा र मानव देहबीचको यो डिमार्केसन–रेखा उचित लाग्दैनथ्यो । म भन्थेँ, ‘मृगतृष्णा नै सही मानव देह केही त हो नि, यार †’
म मानव देहवादी या आत्मवादी केही थिइनँ । तर मृगतृष्णाप्रति मेरो चाख किन त्यस्तो रोचक थियो त ? यसको एउटा कारण छ । म एउटी महिलाको प्रेममा चुर्लुम्म डुबेको थिएँ ।
ऊ मेरी छिमेकी थिई । जिजस क्राइस्टले भन्नुभएकै छ : लभ दाइ नेवर    (आºनो छिमेकीलाई प्रेम गर) ।
मैले छिमेकीलाई प्रेम नगर्नुपर्ने कुनै कारण थिएनन् । प्रेममा तर्क नाजायज हो, प्रेममा विचार अवैध हो । यस्तै मनको लड्डुमा रमाइरहेँ । जर्मन दार्शनिक मार्टिन लुथर (अमेरिकी मार्टिन लुथर किङ होइन) ले भनेकै छन् नि : रिजन इज द डेभिल्स होर । त्यस्तै केही ठानेँ । उसलाई अझै प्रेम गरेँ । ऊ नै भई मेरो पहिलो (बुढाहरू भन्छन् नि) पिरेम ।
मेरो प्रेमको समस्या के मात्र थियो भने मीरा भट्टराई विवाहित थिई । ऊ कसैको आधिकारिक पत्नी थिई ।
मीरा मेरो डेराबाट लगभग सय मिटर परको एउटा घरमा केही महिनादेखि बस्दै आएकी थिई । तर कालान्तरमा ऊ मेरो जिन्दगीको सुनसान करिडरमा चुपचाप ओहोरदोहोर गर्न थाली । र, एक साँझ मेरो हृदयको दैलोमा आºनो मसिना औंलाहरूले ‘टयाक्क टयाक्क’ गरी आवाज दिई । मैले दैलो उघारेँ । मुस्कुराउँदै उसले भनी, ‘मे आई कम इन् ?’
ट्वाँ परँे । ‘अहो † एस प्लिज्, गेट इन्साइड’ भन्नुपर्‍यो ।
उसलाई मैले आºनो हृदयको अतिथिकक्षमा स्वागत गरेँ । बेरोजगार युवाको अतिथि कक्ष कस्तो हुन्छ ? लथालिंग एवं अस्तव्यस्त न हो † उसले सरसफाइ गरी । कुर्सीमा बसी । म ट्वाँ पर्दै उसलाई हेरिरहेँ ।
ओछयान पनि चिटिक्क पर्दाे रैछ त † म हुस्सुलाई बल्ल पो थाहा भयो । कोठाभरि यत्रतत्र छरिएका तन्त्रशास्त्रका, दर्शनशास्त्रका, आख्यानशास्त्रका, कोकशास्त्रका ग्रन्थहरूलाई उसले जतनसाथ र्‍याकमा थान्को लगाइदिई ।
हेरचाह गर्ने, माया गर्ने स्त्रीको जीवनमा ठूलो महत्त्व हुँदो रै’छ । मैले मनमनै भनेँ ।
ओभरकोट, मफलर, ज्याकेट इत्यादि लुगाफाटाहरूलाई हयांगरमा झुन्डयाइदिई । खुम्चिएका, खजमजिएका कपडालाई प्लास्टिकको झोलामा प्याक गरी, र भनी, ‘इस्त्री गरेर ल्याइदिन्छु ।’
‘मेरो मन पनि खुम्चिएको, खजमजिएको छ । त्यसलाई पनि स्त्री– ए सरी † इस्त्री लगाइदिए क्या जाती, क्या दामी हुन्थ्यो’ भन्नु मन थियो उसलाई, भनिनँ ।
चिया बनाएँ र उसलाई दिएँ ।
ती कालतिर म कविताको व्यसनमा थिएँ । कविता–कर्ममा थिएँ । डायरी लेख्ने पुरानो आदत ज्युँदै थियो । उसले पढ्ने रहर गरी । उसको चाहनामा ल्याप्चे लगाउँदै पाँचवटा नोटबुक रिफर गरेँ । गोविन्द गोठालेको ‘पल्लो घरको झयाल’ पनि पढिछाड्ने जिद्दी गर्न थाली । बदलामा मैले गोविन्दका भाइ विजय मल्लको ‘अनुराधा’ उपन्यास पनि बोनसमा चढाएँ ।
मेहदी हसन, गुलाम अली, जगजित–चित्रा सिंह, चन्दन दासका गजल चक्का पनि ‘लौ तपाईंले यिनीहरूलाई पनि सुन्नुपर्छ’ भनी दिएँ । अनुप जलोटाको भजनचाहिँ दिइनँ । भजन–कीर्तनले रोमान्टिक मुडलाई ध्वस्त पाथ्र्यो कि † अर्को कप चिया म आफैँ बनाउँछु भनी ऊ स्टोभ बाल्न थाली । पुरानो फिलिप्स टेप रेकर्डरमा ‘अर्थ’ फिल्मको चक्का घुसाएँ । गीत बज्न थाल्यो :
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो … ।
चिया पिउँदै मेरो अव्यावहारिक जीवन–ढाँचाबारे उसले चाख राखी । अस्तव्यस्तता एवं अव्यावहारिकता नै मेरो जीवनको व्यावहारिकता भयो । यस्तै केही भनँे ।
ऊसित प्रशस्त जिज्ञासा थिए, मेरो चरित्रलाई लिएर । म बर्सात्मा विनाकारण किन रूझ्न मन पराउँछु ? साँझपख एक्लैएक्लै फगत गितार बजाई म किन उदास गीतहरू गाउने गर्छु ? विनाकारण म किन शिव शर्माको (नजिकैको दारू अड्डा) पसलमा रक्सी पिउने गर्छु ? विनाकारण म किन ऋतुको चिया पसलमा घन्टौं पुस्तक पढी आºनो युवा आयु खल्लास गर्दो रहेछु ? जागिर खान छाडी म व्यर्थमा किन चुरोट खाँदो रहेछु ? उसका यस्ता टाइपका जिज्ञासा सुनी म केवल फिस्स, फिस्स फगत फिस्स गरिरहँे । मसित यस्ता प्रश्नहरूका नैतिक जवाफ पनि त थिएनन् नि †
जाने बखत उसले भनी : ‘कुमारजी † तपाईंं एकदमै अनौठो मान्छे हुनुहुन्छ । तपाईंं जस्तो हरफनमौला मैले आजसम्म भेटेकी छैन । ज्यादै अजीव † अहिले जान्छु । तपाईंको कोठा चिटिक्क बनाइदिएकोमा मसित नरिसाइदिनुहोला ।’
मेरो सामानहरू लिएर ऊ गई । सामानसित केही टुक्रा मुटु पनि लिएर गई । फर्केर कहिले पो आउली ?
पाटन, चाकुपाटको रू. ६०० को डेरा मलाई भव्य लाग्न थाल्यो । वरपर फैलिएका खेतबारीहरू सुन्दर लाग्न थाले । कहाँसम्म भने कोठाबाहिर बग्ने खुल्ला ढलको पानी पनि कलकल गरी बगेजस्तो लाग्न थाल्यो ।
‘पल्लो घरको झयाल’मा बस्ने मीरा जादुगर्नी थिई । बेँसीसहरकी यो भद्र महिला आकारमा नेपाली महिलासमान औसतकी थिई । औसत उचाइ । औसत लवाइखवाइ । औसत रुचि । ओठ, आँखा, केशविन्यास, नितम्ब, वक्षस्थलका शास्त्रीय चर्चा यहाँ नगरुँ । यति हो, हरेक नेपाली स्त्रीझैँ ऊ आकर्षक थिई, राम्री थिई, सुन्दर थिई ।
उसको पार्टटाइम–पति पोखराको कुनै नुडल्स कारखानाको म्यानेजर थियो । बिदामा यदाकदा पोखराबाट चिनियाँ मोटरसाइकल कुदाउँदै ऊ मीरा भट्टराईलाई भेट्न आउँथ्यो । त्यो भद्र पुरुषसित मेरो कहिल्यै भेट भएन । मलाई ऊ कुनै भिजिटिङ प्रोफेसर जस्तै लाग्थ्यो । यस्तै पन्ध्र/सोह्र दिनमा आउँथ्यो, घर खर्च दिन्थ्यो, रातमा सम्भोग–सेक्स यस्तै केही गथ्र्याे र अर्को बिहानै भालेको डाकसितै चिनियाँ बाइक स्टार्ट गथ्र्याे र नुडल्स ºयाक्ट्री भेट्टाउन पोखरा रवाना हुन्थ्यो । यस्तै थियो जम्माजम्मी मीरा भट्टराईको दाम्पत्य जीवनको रामकहानी ।
मेरो अजिवोगरिब जीवन–ढाँचा यथावत् थियो । पसलमा उधारोले डाँडा काटेपछि घरमा बुबालाई चिठी लेखेँ :
पूजनीय पिताज्यू †
साष्टांग ढोग † आराम छु, आराम चाहन्छु । तपाईंंले मेरोबारे कुनै चिन्ता नलिनुहोला ।
कलेज र रत्नराज्य बहुमुखी क्याम्पस नगए पनि आइए पढिराछु डेरामै । किताबहरू किन्नका निम्ति दस/बाह्र हजारको खाँचो परेको छ । पसलमा उधारो पनि तिर्नु छ । कृपया, पठाइदिनुहोला ।
हजुरको आज्ञाकारी छोरा,
उही, कुमार नगरकोटी
तर कालान्तरमा, केही समय म कुमार नगरकोटी रहिनँ । नाम परिवर्तन गरी ‘मिराज’ लेख्न थालेँ । मिराज अर्थात् मीरा भट्टराईको । मिराज (mष्चबनभ) को अंग्रेजी अर्थले पनि त्यस बेलाको मेरो मनोदशालाई म्याच गथ्र्यो । मृगतृष्णा…। मिराज अर्थात् मीराको । मिराज अर्थात् मृगतृष्णा ।
मिराजको नाममा मैले केही कथा, कविता लेखेँ । साहित्यिक उपनाम भन्छन् नि साहित्य अध्येताहरू † समकालीन साहित्यको ३५ औ अंकमा मिराज श्रेष्ठको नाममा एउटा लेख प्रकाशित छ : ‘स्यामुएल बेकेट : एक ºल्यासब्याक’ ।
एक साँझ मीरा आई । इस्त्री लगाइएका कमिज र प्यान्टहरू, डायरी, कविताका नोट–बुक र गजलका चक्काहरू लिएर आई । आफैँले चिया बनाउन थाली । थोत्रो फिलिप्समा पुन: बज्न थाल्यो गीत :
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो … ।
चिया पिउँदै उसले भनी, ‘तपाईंको डायरी मन पर्‍यो । तर, कविताहरू छेउटुप्पा केही बुझ्न सकिनँ । बुझिने कविता पनि लेख्नुस् न †’
स्विकारँे उस्का कुराहरू । कविताहरू मेरो युवा मनोदशाभन्दा जटिल नै थिए । मोहन कोइराला, ईश्वरवल्लभ, टिएस इलियट, एज्रा पाउन्ड, गिन्सबर्गलाई मन पराउथेँ, ती जटिल कालमा । भूपी शेरचन, वाशु र बासो, चुआङ जु कुन्नि कता थिए † तर, मचाहिँ केही अब्स्ट्राक्ट अवश्य थिएँ ।
उसले अरू थुपै्र कुरा पनि गरी–आºनो बाल्यकालको बेँसीसहरको नोस्टाल्जियाहरू । पोखरामा बिताएका रमणीय दिनहरू । आºनो हजबेन्डसित घुमेका, बिताएका क्षणहरू । ‘भिजिटिङ प्रोफेसर’ले उसलाई पत्नी बनाई काठमाडौं ल्याएको कुरा ।
मैले सुनेँ उसका अतीतका गाथाहरू ।
मीराको आवाज केही रूझेको, भिजेको थियो । सदा त्यस्तै अलिकति नासल–टोन आउँथ्यो । नाके आवाज र मलाई मन पर्ने गायक अरूणा लामाको वेदनामय आवाजझैँ ।
वास्तवमा, ऊ ज्यादै एक्ली थिई । ‘भिजिटिङ प्रोफेसर’ कहिलेकाहीँ मात्र आउँथ्यो । प्राय: ऊ पल्लो घरको झयालमा धुम्धुती बस्थी । साथीसंगीहरू कोही थिएनन् । आउटसाइडरझैँ थिई । मानिस कुरा काट्थे । उसका मनमा केके कुरा खेल्दै बस्दो हो । बच्चासच्चा थिएनन् । बच्चा जन्माउन चाहँदैन रे लोग्ने । के ऊ पत्नीलाई भेट्न मात्रै चाहन्थ्यो ? लोग्ने–स्वास्नीबीच उमेरको पनि ठूलो फरक थियो । कसोकसो माया लागेर आउँथ्यो, मीरा भट्टराईको ।
उमेरले ऊ पच्चीस–छब्बीसकी थिई । म थिएँ, बीस वर्षको । आफूभन्दा पाँच/छ वर्ष जेठी महिलासित पिरती लगाउन मिल्छ ? अर्काकी पत्नीसित पिरेम गर्न सकिन्छ ? यस्ता नैतिक प्रश्नहरूले दिमागलाई तर्साउँथ्यो । तर, मेरो आदिम हृदयले भन्थ्यो, जरुर मिल्छ बच्चु † तर उत्तिखेरै चतुर दिमाग भन्थ्यो, न न, यो त पतन मार्गतर्फको अनैतिक यात्रा हो ।
मैले पतन मार्ग रोजेँ । आदिम हृदयको आवाज सुनँे ।
प्रेममा तर्क गरिन्न, त्यो भनेँ । वैध, अवैधको हिसाब–किताब गरी प्रेम गरिँदैन, त्यो पनि भनिसकेकै छु । अब हातमा बहिखाता बोकी प्रेमको पवित्र मार्गमा हिँडिदैन । खलिल जिब्रान आºनो रचनामा प्राय: ‘प्रेममा सहिद’ हुने चर्चा गरी बस्छन् । मैले सहिद हुने पथ रूचाएँ । मध्यरातमा शंखमूल घाटमा गितार बजाउँदै गीत गुनगुनाउन रूचाएँ :
मैले पुण्य मन पराएँ, या पाप मन पराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मन पराएँ… ।
मीरालाई मैले नि:सर्त मन पराएँ ।
‘तपाईंलाई कस्तो रङ मन पर्छ ?’ त्यो साँझ उसले सोधेकी थिई †
‘सबै रङ मन पर्छ ।’
‘तैपनि, विशेष ?’
‘पहेँलो ।’
‘छया यो त जोगीको रङ भैगो ।’
‘म जोगी नै त हुँ नि,’ हाँस्दै भनेको थिएँ ।
उसले औंलाको बित्ताले मेरो छाती नाप्न थाली । कुम नाप्न थाली । ‘के गर्न थाल्नु भो ?’ भनी सोधँे ।
‘जोगीलाई एउटा स्वेटर बनाइदिनु परो,’ उसले भनी ।
‘त्यसो भए, मैले स्वेटर लगाउन पाउने भएँ, होइन
?’ होम मेड पहेँलो स्वेटर । त्यसपछि ऊ गई ।
उसले फर्काएका नोट–बुकहरूलाई यसो पुस्तक र्‍याकमा मिलाएर राख्नुपर्‍यो भन्दा एउटा कापीबाट तीनवटा फोटो भुइँमा झरे । उठाई हेरेँ । सबै तस्बिरमा ऊ उदास देखिन्थी । कापीको खाली पानामा पनि उसले केही लेखेकी रै’छे । बाङ्गाटिङ्गा शब्दाक्षरहरू पढेँ । त्यो लिखोट यहाँ जस्ताको तस्तै :
कुमारजी † कहिलेकाहीँ जीवन किन यति खल्लो लाग्छ ? सबथोक भएर पनि केही नभएजस्तो । तपाईंका लेख, कविताहरू पढेँ । छपाउन पाए कस्तो जाति हुन्थ्यो । तर, तपाईं ज्यादै लापरवाही हुनुहुन्छ । म चाहन्छु, तपाईं राम्रो मानिस भएको हेर्न । तपाईं सुध्रिएको, व्यवस्थित भएको देख्न चाहन्छु । आफूलाई व्यवस्थित पार्नुहोस् । हुन त यस्तो भन्ने म तपाईंंको को नै पो हुँ र † तैपनि किन–किन तपाईंको माया लागेर आउँछ ।
यसरी एउटा जोगीको सुनसान हृदयमा एउटा फूल फुल्यो । गुलाब नै त भनी हाल्दिनँ । त्यो फूल सायद टयुलिप थियो । यसरी एउटा जोगीको सुनसान हृदयको मरूस्थल मनमा प्रेमका नयाँ घाँसहरू उम्रिए । पिरतीका अनाम पुतलीहरू हृदयाकाशमा उड्न थाले । प्रेमको दिव्य आभास, अनुभूति वसन्त ऋतु मात्रै होइन पतझरका मौसमहरू पनि महसुुस गर्न थालेँ । हृदय नै एक सुकुमार काव्यखाना भइदियो । जीवन आशीर्वादपूर्ण लाग्न थाल्यो ।
काठमाडौंमा सुन्दर पार्क नभएकामा मेरो मनले मसित धेरै कचकच, गुनासो गरी बस्यो । त्यसो त पार्कमा, सार्वजनिक स्थलमा प्रेम गर्दै हिँड्ने मेरो प्रेम कदापि थिएन । मेरो प्रेम समाजका तथाकथित भद्र भलाद्मीहरूले गर्ने अनुष्ठानभन्दा अलि बेग्लै थियो । उनीहरू भनिदिन्छन् नि : एक्स्ट्रा मेरिटल अफेयर्स … ।
त्यसपछि– लभ स्टोरी, रोमान्टिक फिल्म कहिल्यै नरूचाउने मैले मीरासितै पाटनको अशोक सिनेमा हल (आजकल त्यो हल ‘पार्टी प्यालेस’मा रूपान्तरण भएको छ) मा ‘दिलवाले दुल्हनिया ले जाएंगे’ टाइपका फिल्महरू रुचिसाथ हेरेँ, त्यो पनि ब्ल्याकमा टिकट काटेर ।
दक्षिणकालीको सवारी चलाइन्थ्यो । नगरकोटको ‘मिड टावर’बाट अलिकति जीवन चियाउँथ्यौं ।
ऋतुको चिया पसलमा मीरा पनि मसितै घन्टौं बस्न थालेकी थिई । ऋतु केवल टुलुटुलु, फगत ट्वाल्ल–ट्वाल्ल मलाई हेरी बस्थी ।
म साँझ अबेरसम्म डेराबाहिरको आँगनमा बस्थेँ । ‘पल्लो घरको झयाल’ खुल्लै हुन्थ्यो । झयालमै बसी ऊ कुरुसमा आºनो खिरिला औंला चलाइरहेकी हुन्थी । पहेँलो स्वेटर जो बन्दै थियो नि त † रात अबेर हुने छाँट भएपछि मीरा झयालैमा उभिन्थी र इसाराले नै ‘गुडनाइट–किस’ दिन्थी । उताबाट उडी आएको त्यो उडन्ते चुम्बनलाई म पक्रेर राख्थेँ । त्यसपछि ऊ बत्ती निभाउँथी ।
मेरो हृदयमा जलिरहेको मैनबत्ती पनि निभ्थ्यो ।
अनि निद्रा ?
निद्रा त के लाग्थ्यो र † निदाएको प्रशस्त बहानाचाहिँ निर्विकल्प रूपमा अवश्य गरिन्थ्यो ।
समय, आफैँ लुरूलुरू, खुरूखुरू हिँड्छु भन्यो । समयलाई रोक्ने कुरा पनि आएन । ऋतुको चिया–पसलमा मीराले एक साँझ भनी, ‘कुमारजी † जिन्दगी किन सोचेजस्तो हुन्न ?’
यस्तो गहन प्रश्नको जवाफ कनीकुथी दिएँ । जिन्दगी सोचेजस्तो किन नभएको भनेर मानिस अनावश्यक रूपमा बढी नै सोच्छ । सोच्छ पनि के भन्नु र खै, बरू गुनासो गर्छ भनूँ । जीवनसित मानिसको धेरै गुनासो हुने गर्छ । यसो/उसो हुनुपथ्र्यो, भएन । यस्तो किन भएको होला ? यसो नभए उसो भएको भए कस्तो हुन्थ्यो ? मानिस अनावश्यक रूपमा बढी सोची बस्छ । जीवनप्रति ठूलो आग्रह, महत्त्वाकांक्षा राखी बाँच्छ । त्यसैले जिन्दगी सोचेजस्तो छैन ।
भन्न त भनेँ । तर, आफैँलाई चित्त बुझेन आºनो जवाफ । ‘चिया खाऔं ऋतु, कसो ?’ मौन तस्बिरलाई भनेँ । ऊ चुपचाप चिया बनाउन थाली । चियासितै उसले आºनो पार्थिव–हृदय उमाल्न थाली स्टोभमा ।
त्यो साँझ मीराको कोठामा सन्ध्या–भोजन गरेँ । मांस–परिकार अरूले बनाएको रूचाउन्न थिएँ । तसर्थ, आफैँले ‘मटन ग्रेभी’ बनाएँ । स्वादिलो छ, मीराले मेरो पाक कलाको प्रशंसा गरी । स्वेटर लगभग आधाउधी तयार भएको रैछ । कुरूससितै उसले पीत–वस्त्रलाई मेरो आङमा जाँची । ऊ ढुक्क भई । स्वेटरको आकार मेरो तामसिक–देहसित म्याच गर्‍यो ।
केही बेर यताउतिका सार्वजनिक चासोका विषयको चर्चा गरेपछि उदास मुद्रामा मीराले भनी, ‘कुमार † यसरी कतिन्जेल गुपचुप बस्ने ? पोखरामा बूढाको अर्कै बूढी छ भन्ने मलाई शंका छ । मलाई त आºनो जीवनदेखि वाक्कदिक्क लागिसक्यो । तपाईंको माया लाग्छ तर के गर्ने खै ? यो प्रेमको अन्त्य कसरी हुने होला ? कहाली लाग्छ । चिन्ताले सताउँछ । निद्रा लाग्दैन । मेरो एक्लो जीवनमा तपाईं आउनुभयो, कहिले त लाग्छ किन आउनुभयो ? मलाई रूवाउन ? यो समाजले हाम्रो प्रेमको के फैसला गर्ने हो, कुन्नि ?’
उसको नासल टोनमा हिक्कहिक्क थियो । उसका आँखा आँसुले भरिएका थिए । उसको हृदयमा सायद कुनै टुहुरो ईश्वर रोइरहेको थियो । वेदनाको त्यो प्रशान्त गहिराइमा मेरो आत्मा पनि छट्पटाइरहेको थियो । समाज, व्यवस्था, ईश्वर, नैतिकता परिदृश्यमा आउँदा भए, जाँदा भए । प्रेममा जोखिम त उठाउनै पर्ने भयो ।
‘डु हेल विथ दिस सोसाइटी । हामी विवाह गरौँ ?’ भनेँ ।
मीरा अवाक् रही । मलाई टुलुटुलु हेरी केही बेर । त्यसपछि ऊ त झन् रून पो थाली । मलाई उसको लोग्ने अर्थात् ‘भिजिटिङ प्रोफेसर’को बाल थिएन । समाजले, साथीभाइले, आफन्तले के भन्ला बाल थिएन । म केवल प्रेममा सहिद हुन चाहन्थेँ । उसका मोती दानाहरू पुछिदिएँ । उसलाई अँगालोमा बेरँे । बोल्नु केही थिएन । मौनताको त्यो घडीमा नि:शब्द हुनु नै हाम्रो नियति, प्रारब्ध, उत्सव थियो ।
साँच्ची † प्रेममा सहिद हुनु कति गाह्रो रै’छ । खलिल जिब्रानले कसरी भन्न सकेको होला त्यस्तो कुरा †
मेरो ओठलाई चुम्दै उसले भनी, ‘कुमार † मेरो जीवनमा किन आउनुभयो यसरी ? कहिलेकाहीँँ धिक्कार लाग्छ आफैँलाई देखेर । माया किन यस्तो अनौठो हुन्छ ? आज म पतित हुन चाहन्छु । पतित मीरा नगरकोटी हुन चाहन्छु ।’
आखिर, शारीरिक सुख भनेको के हो ? बायोलोजिकल–इच्छा भनेको के हो ? यौन–विशेषज्ञले भन्ने गरेको सम्भोग सुख भनेको के हो ? सन्तान–सुख भनेको के हो ?
‘भिजिटिङ प्रोफेसर’को कन्डमको प्याकेट छेवैमा थियो । मीराले त्यसलाई झयालबाटै मिल्काइदिई । पूर्णरूपमा बेहोसबेहोसमा, मादकताले खर्लप्प निलेको अवस्थामा उसले भनी, ‘केको डर कुमार † भँुडी बोके पनि तिम्रै बोकूँला ।’
आजकाल लाग्छ मलाई, त्यो सेक्स पतित थिएन । अहिले त्यो अतीत भए पनि पतित थिएन । त्यो रातको स्मृतिले आजकाल पनि मलाई यदाकदा डस्न आउँछ । सर्पदशंझैँ † संसारमा सम्भोग पवित्र कर्म थियो, छ र रहिरहनेछ । लुकीलुकी कामवासनाद्वारा ग्रस्त समाजका तथाकथित नैतिक भद्रभलाद्मीका सम्भोगप्रति मेरो ‘आलोचनात्मक समर्थन’जस्तो कुनै राजनीतिक टिप्पणी छैन । मेरो प्रेम मन्दिर हो । सम्भोग एक पवित्र तीर्थयात्रा हो । तीर्थयात्रामा हिँडेको म एक जोगी थिएँ ।
तर, जीवन विरोधाभासको अर्को नाम पनि हो । टोलमा केही गाइँगुइँ–हल्ला बतासमा घुम्न थालेको मैले सुनेँ । म, अर्थात् कुमार नगरकोटी ‘मीराको मोहन’ भएको सामाजिक टिप्पणी मैले सुनेँ । म ‘मोहनलाल’ भएकामा मीराले दु:ख व्यक्त गरी । ‘एक कान, दुई कान मैदान’ भन्ने जुन सार्वजनिक लोकोक्ति छ, त्यसले अन्तत: ‘पु्रफ’ गर्ने छाँटकाँट देखाउन थाल्यो । भिजिटिङ प्रोफेसरलाई यसबारे केही थाहा हुने कुरा भएन । ऊ त आउँथ्यो, जान्थ्यो ।
यही बेला बुबाको खबर आयो, गाउँबाट । ‘नाथे कुमार † गाउँ आइज, म क्रमश: मर्दै छु …. ।’
मीरालाई भने, ‘गाउँ जाऔं । उतै बसौं । बुबा अलि लिबरल हुनुहुन्छ । हाम्रो सम्बन्धलाई स्विकार्नु हुनेछ ।’
ऊ गाउँ जान तयार भइन । आफूसित प्रेमिकालाई फकाउने कला थिएन । सदा अड्वाङ्गे थिएँ, र छु । मीरालाई फकाएर गाउँ लान सकिनँ । भनी, ‘चाँडै आउनुस् । म तपाईंलाई पर्खन्छु ।’

वि. सं. २०५३ ।
गाउँ, खुर्कोट जाँदा थाहा पाएँ, बुबालाई घाँटीको क्यान्सर भएको रैछ । डाक्टरहरूले उहाँलाई ‘बाँच्ने’ केही समय प्रेस्क्राइब गरेका रैछन् ।
बुबा क्रमश: खिइँदै जानुभयो । दिन प्रतिदिन उहाँ मेरो अगाडि मर्दै जानुभयो । उहाँ मेरा निम्ति पिता, बुबा, बा, या डयाडी मात्र हुनुहुन्थेन, साथी पनि हुनुहुन्थ्यो । उहाँका निम्ति म ‘फुच्चे/नाथे कुमार’ थिएँ ।
मृत्युशय्यामा आराम गरिरहेका बुबालाई मैले एक दिन भनेँ, ‘बुबा, म एउटी आइमाईसित प्रेम गर्छु ।’
‘नाथे कुमार † लोग्ने मान्छेले प्रेम गर्ने भनेको आइमाईसित त हो नि † तेरी आमालाई मैले गोरखाबाट भगाएर विवाह गरी ल्याएको हँु क्यारे †’ हाँस्दै भन्नुभयो, ‘तेरी आइमाई चाहिँ के थरकी हो ?’
‘भट्टराई ।’
‘बजिया † आफू नेवार भएर बाहुनी पो ताक्दो रैछ †’ आºनै सेन्स अफ हयुमरमा उहाँले भन्नुभो ।
म चुप ।
‘जातको त के कुरा भयो र † प्रेममा जातभात हुँदैन । बुझिराख्, केटा । तेरी आमा पनि त गुरूङ हो । होइन भने भन क्यारे ?’
‘त्यो त हो, बुबा । तर ऊ मभन्दा उमेरले जेठी छे ।’
‘तब के भयो र † दुईमध्ये एकजना जेठो, कान्छो हुने भइहाल्यो नि † खै कुरो बुझेको तैंले ? अलिकति लिबरल बन्न यार् ।’
‘तर एउटा समस्या छ, बुबा,’ सोचविचार गरी भनेँ, ‘ऊ विवाहित छे ।’
‘नाथे कुमार † संसारमा कुनै आइमाई फेला पारिनस् र अर्काको स्वास्नीसँग पिरती लाउन पुगिस्’ भन्नुहोला सोचेको थिएँ तर बुबा मौन रहनुभयो ।
गाली खान तयार थिएँ । तर, गाली नै गर्नुहुन्न बा † कान समाई उठबस् गर्न तयार थिएँ । तर, चाइँचुइँ केही छैन बा † बडो यातना भयो । उहाँको अनुहार हेर्छु । त्यहाँ ‘सेन्स–अफ–हयुमर’को कुनै लक्षण छैन । बुबाका थुपै्र आशा, आकांक्षा थिए होलान् । मैले ध्वस्त पारिदिएँ सायद, पिताका सारा सपना ।
केही समयपछि बुबाले शान्त मुद्रामा भन्नुभयो, ‘नाथे कुमार † यो समस्या होइन, ठूलो समस्या हो । अरे स्वाँठेलाल † कुनै विवाहित महिलासित प्रेम गर्नुअघि तैंले मलाई सोध्नु पर्दैनथ्यो † म त मर्दै छु । म मरेपछि सबै जिम्मा तेरै हो । तेरो भाइ सानै छ, बुइनी सानै छे । पिरती लाउने पनि तरिका हुन्छ नि, नाथे †’
मुन्टो मेरो झुक्यो । बुबालाई हेर्न सकिनँ । तरै पनि बुबालाई सोधेँ, ‘म सजाय भोग्न तयार छु, बुबा †’
बुबा चुपचाप । मीरा भट्टराईको अनुहार मेरा आँखामा छाइरह्यो ।
बुबाले भन्नुभयो, ‘हेर्, केटा † म तेरो बाउ हँु । तँलाई मैले आमाको पाठेघरमा हँुदैदेखि चिनेको छु । टाउको झुकाउनुपर्ने कुनै लज्जित काम तैंले गरेको छैनस् । संसारमा यस्ता मानिस धेरै छन्, तँ मात्रै एक्लै होइनस् ।
‘प्रेम यस्तै हुन्छ, प्रेम अन्धो हुन्छ, मानिसहरू भन्छन् । म अर्थात् तेरो बाउ रत्नबहादुर नगरकोटी भन्छु, अन्धो/सन्धो हुँदैन प्रेम । यति मात्रै हो कि प्रेम गर्ने मानिस कहिलेकाहीँ अन्धो भइदिने गर्छन् । तेरो प्रसंग पनि त्यस्तै हो । तर, जीवनमा अनुभूति, अनुभव गर्दै जा । समयले तँलाई जम्मै सिकाउँछ । नाथे कुमार † समय ठूलो गुरू हो ।’
बुबाले आºनो जीवनकालको अन्त्यतिर आºनो प्राइभेट डेथ–बेडबाट भनेको कुरा ठीकै त होला भन्ने लाग्यो नाथे कुमारलाई ।
समय आºनै गतिमा अगतिलो किसिमले हिँड्न थाल्यो । अस्तित्वसित, जगतसित मेरा थुप्रै प्रश्न थिए । एउटा कथा लेख्न बसेँ, ‘निकास’ ।
०५४ वैशाख १७ मा बुबा अस्तित्वदेखि अन्तत: अन्त्य हुनुभयो ।
तेह्र दिनको बर्खी सकिएपछि एक साँझ डायरीमा लेखेँ :
प्रिय मीरा,
जीवन एक मिराज हो । मिराज अर्थात्, एक मृगतृष्णा ।

०००

चाकुपाटको पुरानो डेरामा स्मृतिका धुलो, धुवाँ पत्रैपत्र जमेका थिए ।
तैपनि, आºनो कोठा आºनो जस्तो लागेन । मेरो अनुपस्थितिमा धेरै कुरा परिवर्तन भइसकेको थियो ।
ऋतुको चिया–पसल सदाको निम्ति बन्द भै’सकेको थियो । उसको परिवारै डेरा सरी कुन्नि कता गएछन् ।
मीरा भट्टराईको ‘पल्लो घरको झयाल’मा अर्कै महिला देखा पर्न थाली । साँझपख, सिग्रेट उडाउँदै ती झयालहरूमा आँखा पुर्‍याउँदा आँखै उदास, उजाड हुन्थे । डेरा नजिकैबाट बग्ने खुल्ला ढलको पानी कलकल गर्न छाडयो । बरू, यति साह्रो किन गन्हाउँछ यो ढल भनी आफैँसित गनगन, फतफत गर्न थालेँ । बुबा रहेनन् । ऋतुको चिया पसल रहेन । मीरा रहिन । मेरो सडेगलेको आत्मा मेरो कोठामा निदाउन थाल्यो ।
मीरा भट्टराईले इस्त्री गरेका प्यान्ट कमिजहरू लगाउन मन भएन । पुरानो टयाङ्कामा थन्काइदिएँ, थान्को लगाइदिएँ । बरू, दुई–चार जोर लिभाइजका ब्लु, ब्ल्याक जिन्स प्लस टाइट टि–सर्ट लाउन थालेँ । थोत्रो फिलिप्स टेप रेकर्डरमा बिबिसी सुन्न थालँे । पाटनको ‘अशोक’ सिनेमा हलमा यश चोपडाको दिलवाले दुल्हनिया ले जाएंगे किन पो लाग्थ्यो र † बरू त्यहाँ गई नाना पाटेकरका अग्निसाक्षी, युगपुरुष, प्रहार टाइपका फिल्ममा रमाउन थालेँ ।
आºनो मनलाई जसोतसो सम्हालेँ ।
एक दिन चाकुपाटबाट आºनो सामान कसेँ । ‘बसाइ’ जानुपर्‍यो, सोचँे । मरूभूमिमा अरू के बसाइ भयो र † आºनो हृदयलाई सम्झाइबुझाइ गरेँ । यसो कहिलेकाहीँ, पुराना यादहरूले सताए भने नोस्टाल्जियाको उँट चढी घुम्न जानुुपर्ला त्यो मरूभूमिमा ।
पाटनकै ल:खुशी नामक गल्लीमा नयाँ डेरा लिएँ रू. ९५० मा । पढाउनका निम्ति चापागाउँमा एउटा विद्यालय फेला पारेँ । अंग्रेजीका व्याकरण नवागन्तुक बच्चाहरूलाई सिकाउन थालेँ । तलब थापेँ । बिहानदेखि साँझसम्मै पढाएँ । टयुसन–कक्षा लिएँ ।
बिदाका दिनहरूमा पाटनका गल्लीहरू घुम्थेँ । कुनै क्याफेमा बसी ब्ल्याक–कफी पिउँदै कहिलकाहीँ सोच्थेँ :
प्रिय मीरा †
भिजिटिङ प्रोफेसरको चिनियाँ मोटरसाइकलको पछिल्लो सिटमा बसी तिमी अहिले कुन उपत्यका, वन, उपवन डुलिरहेकी छौ ?
मीरा, कुन्नि कुन प्रदेशमा थिई । ऋतु एक दिन अपर्झट मेरो हृदयको दैलो ढकढकाउन आइपुगी ।
समयको धेरै ‘मध्यान्तर’पश्चात् ऋतुसित मेरो पाटनको गा:बाहालको भित्री चोकमा एक साँझ भेट भयो । हाई हेल्लो गर्‍यौं, एक वृक्षमुनि । चिया–पसल छोडेपछि उसको परिवार बगलामुखी मन्दिर छेवैको गल्लीको प्राचीन घरको एउटा ºल्याटमा बस्दा रै’छन् ।
उसले भनी, ‘तपाईं गाउँ जानुभयो । मीरा भट्टराई पोखरा गई आºनो लोग्नेसितै । तपाईंंविनाको हाम्रो चिया पसल खल्लो भयो, पसल बन्द गर्‍यौं ।’
भागवत् गीताको शैलीमा मौन तपस्वीलाई भनेँ : ‘ऋतु † जे थियो ठीक थियो । जे हुन्छ ठीक हुन्छ । (व्यर्थ क्यों चिन्ता करे ।)’
ऋतुले भनी, ‘तपाईंलाई धेरै खोजेँ चाकुपाटको डेरा छाडी कुन्नि कता गायब हुनुभो ।’
कमसेकम, म गायब भएको कुरा उसलाई थाहा रहेछ । कसैले, यसरी मलाई खोजी गर्नु ठीकै कुरा हो । नत्र मानिसहरू संसारको भीडमा यसरी हराउँछन् कि के भनूँ ।
पाँच वर्षभरिको आºनो हृदयमा गुम्सिएर रहेको ‘गुप्ती–कुरा’ मौन तपस्वीले यसरी खोली, ‘कुमारजी, वास्तवमा म तपाईंंलाई प्रेम गर्छु । तपाईंंसित बिताएका क्षण याद आइरहन्छन् । तपाईं अनौठो मान्छे हुनुहुन्थ्यो । मलाई थाहा थियो, तपाईं मीरालाई प्रेम गर्नुहुन्थ्यो । अर्काकी स्वास्नीको पछाडि किन लागेको होला भनी तपाईंंसित रिस उठ्थ्यो † तर प्रेम भन्ने चीज पनि त अनौठो हुँदो रै’छ ।’
मौन तपस्वीको कुरामा ‘वजन’ थियो । वजनदार कुरा हुँदा म प्राय: चुप रहन मन पराउँछु । उसको कुरा सुनेर बसिरहँे ।
त्यसको केही दिनपछि एक साँझ ऋतुलाई शंखमूल घाट लिएर गएँ । एउटा लास जलिरहेको थियो । लासका आफन्तहरू पेटीमा बसी रोइरहेका थिए । मौन तपस्वीलाई भनेँ, ‘ऋतु † प्रेमस्रेम के गरिरहने ? त्यो विवाहपछि गरौंला । विवाह गर्ने हो ?’

वि.सं २०५८ ।
जेठ ५ गते ऋतुसित विवाह भयो ।
पुण्य अवसरको ‘तिथि’मा आºनो सम्पूर्ण आफन्तजनलाई बोलाएँ अनि पाशुपात क्षेत्रको गुह्येश्वरी मन्दिरमा जीवनमा पहिलोपटक ‘दुलाहा’ भएँ । दुबोको माला घाँटीमा लगाएँ । मौन तपस्वी अर्थात् ऋतु गौतमको सिउँदोमा सिन्दुर भरिदिएँ । मान्यजनहरूले आशीर्वाद दिए । भोजभत्तेर (नेवारी ढाँचाको) भै पो गयो । आमालाई गाउँमा अन्तत: हवाई–खबरमार्फत विवाहको सुसमाचार पठाएँ ।
आºनो जोगी–छोराले अन्तत: विवाह गरेकामा उहाँ खुसी हुनुभएको कुरा थाहा पाएँ । खुसी जस्तै केही भएँ । तर, गुरुङसेनी आमाको ‘खुसी’ लामो समय टिकेन । वैवाहिक जीवनका ती संक्षिप्त लफडाहरूबारे यहाँ चर्चा नगरूँ †
लगत्तै जेठ १९ आइपुग्यो । त्यो रात, उता तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो । तथाकथित कालो पदार्थ खाएर दीपेन्द्रले नारानहिटीमा ‘सुटआउट’ गर्दा ऋतु र म (सम्भोग–पश्चात्) काजु, बदाम, किसमिस खाइरहेका रहेछौँ ।
बिहानै उठ्दा ढोकैमा ‘कान्तिपुर’ आयो । पढेँ, अशुभ समाचार रै’छ । टिभी खोलेँ, सबै राष्ट्रिय च्यानलमा शोक–धून बजिरहेथ्यो । ऋतुले आºनो सामान प्याक गरी । माइती जान्छु भनी । हुन्छ, जाऊ भनँे । गल्लीको मोडसम्म पुर्‍याएँ । आफैँ जान्छु भनी । हुन्छ जाऊ भनेँ । ०५८ जेठ २० गते बिहान माइती हिँडेकी ऋतु मेरो घर फर्केर कहिल्यै आइन ।
काठमाडौंलगायत पूरै देश शोकमग्न थियो । राज्यले आºनो कर्तव्य पालना गर्दै राष्ट्रिय ‘बिदा’ घोषणा गर्‍यो । मेरो आºनै हृदयको ‘राज्य’ पनि क्रमश: टुक्रिरहेको थियो ।
मंगलबजारको पुरातात्विक चिया–पसलमा हलुवापुरी खाएँ । पसलमा, बाटोघाटोमा मुडुला टाउका बोकी हिँडेका भद्रजनहरू देखेँ । एउटा सैलुनमा छिरँे । प्रिय हजामले नि:शुल्क केश मुण्डन गरिदियो । एक थान मुडुलो टाउको बोकी म सडकमा हिडेँ, सिग्रेट पिउँदै ।
(फाइन प्रिन्टबाट आजै सार्वजनिक हुने किताब ‘फस्ट लभ’बाट । अजित बरालद्वारा सम्पादित किताबमा दश लेखकको पहिलो प्रेमानुभूति समेटिएको छ ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय