कुतत्वका कारण निर्वाचन स्थगित: नेविसंघ

nepal student uniyanकाठमाडौं, १६ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अलोकतान्त्रिक शक्तिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गराएको आरोप लगाएको छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्णले आज (बिहीबार) विज्ञप्ति जारी गरेर अलोकतान्त्रिक कुतत्वहरुले निर्वाचन अनिश्चितकालका लागि स्थगित गराएको आरोप लगाए ।
जेठ–२३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आजै स्थगित भएको थियो ।
‘निर्वाचन विरोधी अलोकतान्त्रिक कुतत्वहरु, एमालेको भातृ संगठन अखिल, एमाओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) र नेकपा–माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको मिलिमतोमा स्ववियु निर्वाचन स्थगित गराईएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघले विभिन्न अराजक एवं उदण्ड गतिविधि र स्ववियु निर्वाचनलाई अनिश्चितकालसम्म स्थगित गर्ने षड्यन्त्रमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लागेको आरोप पनि लगाएको छ ।
विभिन्न क्याम्पसहरुमा भएका नक्कली भर्नाको तत्काल छानविन गर्न र पुन: तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्न पनि अध्यक्ष कर्णले माग गरेका छन् ।

प्रतिक्रिया