दुर्घटनामा पैदल यात्रुको मृत्यू/१७ जना घाईते

dangदेउखुरी, १५ जेठ । दाङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यू भएको छ भने १७ यात्रु घाईते भएका छन् । पैदल यात्रुलाई ठक्कर दिएर अनियन्त्रित भई वस पल्टिँदा १७ यात्रु घाईते भएका हुन् ।

 
वसको ठक्करवाट आज (बुधबार) विहान एकजना पैदल यात्रुको मृत्यू भएको छ । काठमडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ३३७५ नम्बरको बसले पूर्वपश्चिम महेन्द्र राजमार्गको सोनपुर–८, सुन्वरीमा ठक्कर दिँदा स्थानीय १९ वर्षीय दीपक कुमालको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

 
घाईते कुमाललाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको थियो ।

 
यसैबीच, पैदलयात्रिलाई ठक्र दिई वस अनियन्त्रीत भई पल्टदा १७ जना यात्रु घाईते भएका छन् । घाइते मध्य दुई यात्रुको अबस्था गम्भीर रहेको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

 
गम्भीर घाइते हुनेमा बसचालक धनगढीका निर्मल पौडेल, कैलाली रामशिखरका उमेश डाँगी हुन् । अन्य घाइतेमा धनगडीका तेज बहोरा, त्रिलोक चन आचार्य, कालीकोट सीसानाका डब्बलनाथ योगी, कैलाली बलीयाका हर्सी योगी, शसस्त्र प्रहरी जवान अविलेश खनाल र शंकर छन् । घाईतेलाई उपचारका लागि काहलपुर लगिएको छ ।

प्रतिक्रिया