ग्याङगम स्टाइलको नक्कलमा ग्याम्पो स्टाइल

Romi-khadgiकोरियन गायकको गीत ग्याङगम स्टाइलले विश्वका संगीत बजार तताइरहेका बेला निर्देशक राजेन्द्र खड्गीले नेवारी शब्द राखेर ग्याम्पो स्टाइल तयार पारेका छन् । राजेन्द्र खड्गीले आफूले निर्देशन गरेको चलचित्र नोथिङ इम्पोसिबलका लागि तयार गरेका हुन् ।
गीतको मुख्य भूमिकामा खड्गी आफँैले अभिनय गरेका छन् भने उनलाई यो गीतमा थुप्रै सेलिब्रेटीले साथ दिएका छन् । ग्याङगम स्टाइलको नक्कल गरेका खड्गीको यो गीतले कत्तिको चर्चा पाउने हो त्यो भने चलचित्र प्रदर्शनपछि मात्र थाहा हुनेछ ।
चलचित्र नोथिङ इम्पोसिबल खड्गीले नै निर्देशन गरेको चलचित्र हो । चलचित्र आगामी २८ असारदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । चलचित्रमा खड्गीले आºनो परिवारका सदस्यलाई पनि अभिनय गराएका छन् । चलचित्रमार्फत उनकी कान्छी छोरी रोमी र नाति आर्यन (रागिनी खड्गीको छोरा)ले अभिनयमा डेब्यु गरेका छन् । ८ वर्षीय आर्यन चलचित्रका नायक भएको र चलचित्रको कथा यिनै बालकको रियल लाइफसँग केही हदसम्म मिल्ने निर्माण पक्षले जानकारी गराएको छ ।
चलचित्रको हालै राजधानीमा पोस्टर, गीत तथा प्रोमो सार्वजनिक गरियो । बालकलाकार आर्यनका थुप्रै स्टन दृश्य यसमा छन् । नायक कुशल थापाको समेत मुख्य भूमिकामा अभिनय रहेको यस चलचित्रमा अभिनेत्री रागिनी खड्गीले विशेष भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया