पौडी प्रशिक्षक कोर्स सम्पन्न

Group-Photo-of-participant-काठमाडौ : नेपाल पौडी संघको आयोजनामा सञ्चालित ‘प्रथम लेवल १ पौडी प्रशिक्षक क्लिनिक’ मंगलबार सम्पन्न भएको छ । कोर्षमा ५० प्रशिक्षार्थीको सहभागिता रहेको थियो । आफ्नै श्रोत र साधन परिचालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल पौडी संघले पहिलोपटक कोर्ष सञ्चालन गरेको हो । यसअघि पौडी संघको अन्तर्राष्ट्रिय संस्था फिनाको सहयोगमा कोर्ष सञ्चालन गर्दै आइरहेको थियो । प्रशिक्षार्थीलाई फिनाद्वारा दिक्षित प्रशिक्षक तथा अन्यले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । युवराज सुनुवार, ओंग्देन लामा, रविन पौडेल,  शंकर कार्की, जय प्रकाश गुरुङ, डा. प्रकाश प्रधान र श्यामसुन्दर अधिकारीले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षार्थीलाई प्रमुख अतिथि नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले प्रमाणपत्र प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया