धनकुटामा चिया खेतीतर्फ किसान आकर्षित

chiyaधनकुटा : यहाँका कृषक चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् ।     चिया खेतीबाट वर्षौंवर्ष आम्दानी लिन सकिने हुनाले कृषकहरू यसतर्फ आकर्षित हुन थालेका हुन् ।
जिल्लाको हिले, पाख्रिवास, भीरगाउा, सिधुवालगायतका ठाउका नाङ्गा पाखाहरू अहिले चियाका बोटले भरिएको छ । कोदो र मकैभन्दा बढी आम्दानी हुने र चियाको पत्ती बिक्रीको समस्या नभएका कारण चिया खेती गर्ने कृषकको सङ्ख्या दिनदिनै बढ्न थालेको धनकुटा नगरपालिका–१ हिलेका कृषक नीलबहादुर घिमिरेले बताए ।
चिया खेतीमा अन्य खेती जस्तो धेरै मेहनत नपर्ने र एकपटक लगाएपछि वर्षौंसम्म आम्दानी हुने हुने हिलेस्थित चिया विस्तार योजना कार्यालयका कर्मचारी सुरेश राउत बताउछन । राउतका अनुसार यहाको उत्पादन राम्रो भएका कारण विदेशबाट पनि चियाको माग आउने गरेको छ ।
सो कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार धनकुटामा वार्षिक १० हजार पाच सय ३३ मेट्रिक टन उत्पादन हुने गर्छ । यसबाट चार करोड आठ लाख रुपैयाा जिल्ला भित्रिएको पछिल्लो तथ्याङ्क छ । २२ गाविसका ४ सय ७१ कृषकले चार हजार ६ सय ८७ रोपनीमा चिया खेती लगाएका छन् । हिलेक्षेत्रमा तीनवटा चिया प्रशोधन उद्योग खुलिसकेका छन् ।

प्रतिक्रिया