निर्देशक शोभितका बाबु–छोरीको नृत्य

Dance-souryadailyकाठमाडौ, १४ जेठ । मीनभवनको व्यस्त सडक । गाडीहरूका चको आवाज । सडकनजिक एक घर, जहाँ चिटिक्क सजिएका महिला र पुरुषको ओहोरदोहोर छ । धेरैजसो वैवाहिक समारोहका औपचारिक पहिरनमा । छैटाँ तलाको त्यो घरको सबैभन्दा माथिल्लो तलामा जोडले बजेको म्युजिकको आवाज । म्युजिकसँगै बेला–बेलामा ताली र सिटीसहितका हुटिङसमेत आउँथ्यो । कोही घरबाट बाहिरिँदै थिए भने कोही भित्र पस्दै गरेका देखिन्थे । बाहिरबाट त्यहाँ के भइरहेछ भनेर सजिलै अनुमान लगाउन जो–कोहीलाई पनि मुस्किल पथ्र्याे ।  घरभित्र छिर्दा देखियो, कलाकार शोभित बस्नेत र उनकी छोरी सलिना एक अर्काको अँगालोमा बाँधिँदै नाच्दै थिए ।
सेन्टरमा नृत्य गरेका यी दुवैका अगाडि–पछाडि अन्य महिला–पुरुष पनि नाच्दै थिए । वरिपरिको सर्सर्ती हेर्दा लाग्थ्यो, कुनै वैवाहिक समारोह चलिरहेको छ । र, निर्देशक बस्नेतका बाबुछोरी नृत्य गरेर समारोहमा उपस्थितलाई मनोरञ्जन गराइरहेका थिए । नृत्यकै सिलसिलामा बस्नेत कहिले छोरीको अँगालोमा त कहिले छेवैकै केटीको अँगालोमा बाँधिन्थे । उनको यो क्रियाकलाप हेरेर बसिरहेकाहरू कोही मुखामुख गरेर हाँसिरहेका देखिन्थे त कोही रिसले राता–काला हुँदै एकोहोरो हेराइमा थिए ।  नाच्दै जाने क्रममा बस्नेतले छोरीसहित अर्काे केटीलाई तानेर आºनो काखमा राख्न के आँटेका थिए, यत्तिकैमा कतैबाट आवाज आयो कट । शोभितले तानेका सबै फुत्किए । सबैजना सामान्य अवस्थामा आए ।
प्रसंग हो चलचित्र टिचरको । शनिबार मीनभवनस्थित भिएस निकेतनमा यसको सुटिङ भइरहेको थियो । कलाकार शोभित बस्नेत उनकी छोरी सलिना बस्नेत र केही महिला–पुरुष डान्सर उनलाई नृत्यमा साथ दिँदै चलचित्रको सर्ट दिइरहेका थिए ।
साथीको विवाहमा गिºट दिने पैसा समारोहमा पुग्नुअगाडि नै सुरक्षामा रहेका प्रहरीले खाइदिएपछि हिरो (टिचर) पैसा खोज्न जान्छन् । उनी पैसा लिएर नआउन्जेल ‘गर्धाे’ दिने कार्यक्रम अलमल्याउन उनकी छोरीले नृत्य गर्छिन् । त्यही दृश्य हो, नृत्य–निर्देशक दीपिका भट्टले छायांकन भइरहेको चलचित्र दृश्यबारे प्रस्ट्याइन् । भट्टको यो पहिलो चलचित्र हो । पहिला चलचित्रको काम कसरी गर्ने होला भनेर डर लागिरहेको थियो । काम गर्दै जाने क्रममा सोचेभन्दा सहज भयो । बस्नेतजस्तो अनुभवी निर्देशकको चलचित्रमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु भट्टले गर्भ गरिन् ।
‘प्राय: सबै हिरोइनसँग कम्मर मर्काइसकेको छु । छोरीसँग नृत्य गर्दाको अनुभव कस्तो हुन्छ बटुल्न मैले चलचित्रमा छोरीसँगै काम गरेको हो,’ निर्देशक बस्नेतले भने । यस गीतको नृत्यबाहेक चलचित्रमा आºनो कुनै भूमिका नरहेको उनले खुलाए । चलचित्रमा पैसा खोज्न जाने टिचरको भूमिकामा कुशल थापा, नृत्य गरेर अलमल्याउने टिचरको छोरीको भूमिकामा सलिना बस्नेत अभिनयमा देखिएका छन् । निर्देशक बस्नेतले भने सलिनालाई नृत्यमा मात्र साथ दिएका छन् ।
‘बल्ल–बल्ल दाइजो दिने पैसा खोजेर फुपूको नन्दको विवाहमा आएका म र मेरो बुबाले दाइजो दिन ल्याएको पैसा दाइजो दिनुपूर्व नै प्रहरीले खाइदिएपछि बुबा पैसाको खोजीमा जानुहुन्छ । बुबा नआउन्जेल जसरी पनि दाइजो दिने कार्यक्रम मैले लम्ब्याउनुपर्छ । यही दृश्यमा अभिनय गरेकी हुँ,’ सलिनाले आफ्नो भूमिकाबारे प्रस्ट्याइन् । पहिलो चलचित्र नै बाबुको गर्न पाउँदा निकै सजिलो महसुस भएको उनले सुनाइन् ।
सिपी पौडेल चलचित्रमा घुस्याहा प्रहरीको भूमिकामा छन् । हरेक मानिसलाई अप्ठ्यारो पारेर पौसा खाने पुलिसको भूमिकामा मैले अभिनय गरेको छु, सिपीले आफ्नो भूमिकाबारे जानकारी गराए, घुस्याहसँग मानव संवेदना नै हुन्न भन्ने मेरो अभिनयले देखाएको छ ।
‘टिचर भनेको के हो, टिचरका के–कस्ता समस्या छन् । समाजमा टिचरको महत्त्व के छ । टिचरले समाजलाई के दिइरहेका छन् भन्ने विषयवस्तु चलचित्रमा छ । त्यही टिचरको मुख्य भूमिका मैले निर्वाह गरेको छु,’ अभिनेता कुशल थापाले भने । यस चलचित्रमार्फत टिचरको महत्त्वलाई दर्साउन खोजेको थापाले बताए ।
चलचित्रमा कुशल थापा, उमा कार्की, पुरन थापा, सिपी पौडेल, धन घलेलगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । चलचित्रमा नृत्य दीपिका भट्ट, द्वन्द्व राजेन्द्र खड्गी र छायांकन सौरभ लामाको छ । उपत्यकाबाहिरको छायांकन सिध्याएर काठमाडौं छिरेको चलचित्रको छायांकन शनिबारबाटै सकिएको छ ।

प्रतिक्रिया