राजले बनाए चलचित्र

raj_acharya-souryadailyकाठमाडौं : हास्य टेलिशृंखला तीतो–सत्यमा बालकलाकारको भूमिकामा लामो समयदेखि अभिनय गर्दै आएका राज आचार्य अब निर्मातासमेत बनेका छन् । चलचित्र ‘लभ फर एभर’ मार्फत उनले निर्माणमा हात बढाएका हुन् । आगामी असारको दोस्रो साता अर्थात् १४ गतेबाट चलचित्र देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा राजले पनि अभिनय गरेका छन् ।
रंगमञ्चको लामो अभिनयपछि सानो पर्दामा र यसमा पनि अभिनय र निर्देशनमा अब्बल सावित भएपछि ठूलो पर्दामा पाइला बढाएका निर्देशक शंकर आर्चायले चलचित्रलाई निर्देशन गरेका हुन् । दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यले आवश्यक नृत्य, द्वन्द्व, प्रेमप्रसंग, सामाजिक विषयवस्तुलगायत सबै पक्ष चलचित्रमा समेटिएको निर्माण पक्षले जानकारी गराएको छ ।
म सानैबाट दु:ख पाएको व्यक्ति, अझै पनि सुख पाउन सकेको छैन । यसैले यसपटक दु:ख गरेर चलचित्र बनाएकाले निकै राम्रो बनेको छ, निर्देशक आचार्यले भने, ‘चलचित्रमा मैले रञ्गमञ्चदेखि अहिलेसम्म कलाकारिताबाट बटुलेको अनुभव उतारेको छु । पछिल्लो समय नयाँ धारका नाममा दर्शक झुक्याउने काम भएकाले आफ्नो चलचित्रले दर्शक नझुक्याउने उनले दाबी गरे । चलचित्रमा आचार्यको समेत अभिनय छ ।
चलचित्रमा गजित विष्ट, सुमिना घिमिरे, शंकर आचार्य, राज आचार्यलगायत कलाकारको मुख्य भूमिका छ । चेतन सापकोटाको संगीत, गम्भीर विष्टको नृत्य–निर्देशन, सूर्य थोकरको द्वन्द्व रहेको चलचित्रको सम्पादन नवीन निरौलाले गरेका हुन् । (सौस)

प्रतिक्रिया