चलचित्र लम्फु निर्माण हुने

kina-lag6-maya-souryadailyकाठमाडौं : चलचित्र ‘किन लाग्छ माया’ माया बनाएको चलचित्र युनिटले नयाँ चलचित्र ‘लम्फु’ निर्माणको घोषणा गरेको छ । युनिटले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्र निर्माणको घोषणा गरेको हो ।
शक्तिवल्लब घोरासैनीको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रका निर्देशक गोपालचन्द्र लामिछाने रहेका छन् । विकास र अवसरका ढोका बन्द हुँदै गएपछि, राजनितीले देशलाई अन्धकारमा धकेलेपछि नेपाली जनता लम्फु बन्दै गएको विषयलाई चलचित्रमा मुख्य विषयवस्तुका रूपमा उठान गर्ने बताइएको छ । चलचित्रको छायांकन साउनदेखि सुरु गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रका लेखन भूपतिले गरेका हुन् । दीपक वज्राचार्यको छायांकन, अर्जुन पोखरेलको संगीत रहने चलचित्रका कार्यकारी निर्माता आनन्द अधिकारी र श्यामकृष्ण श्रेष्ठ हुन् । हरि सिलवाल, शंकर दुलाल र शंकर नेपाल चलचित्रका सह–निर्माता रहेका छन् ।
कार्यक्रममा निर्माता घोरासैनीले ‘किन लाग्छ माया’को काठमाडौं प्रदर्शनबापत उठेको रकममध्ये चालीस हजार रुपियाँ एक जेहेनदार तथा गरिब विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले मेघा कलेजलाई हस्तान्तरण गरेको हो । रकम मेघा कलेजमा अध्यायन गर्ने एक गरिब तथा जेहेनदार विद्यार्थीलाई कक्षा ११ र १२ मा नि:शुल्क अध्यनका लागि खर्च गरिनेछ । कार्यक्रममा चलचित्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । (सौस)

प्रतिक्रिया