सरकारी ड्राइभरको मनोवाद

Basanta-by-Thokarउनेरुले किन्देको मोटरमा
उनेरुकै भक्ति गाइरहेको
मन्त्री
इतरपार्टीको नेता
र कारिन्दालाई
पछिल्लो सिटमा बसालेर
म सधैँ नियोजित लच्छेमा हुइँकिन्छु ।

डाइबर हँ
सरखारी डाइबर
डाइबर जुनीको सौभाग्गे
भनुँ दुर्भाग्गे
मैले पाएँ–

सरखारी लाइसन्
सरखारी मान्छे
सरखारी लच्छे ।

आ यो सरखारी मान्छे,
खुब ठान्दो हो आफैंलाई
ठूलो डाइबर ।

तर, उही छ
युगको ट्राफिक संकेत थाहा नपाएको
स्वाङ पारेको
बाटो बिर्सेको
लच्छे बिर्सेको
हराएको ।

लाइसनविना मुलुक हाँकिरहेको
यो विनायोजनाको डाइबर बोकेर
म सधैँ नियोजित लक्ष्छेमा हुइँकिन्छु ।

twitter@basantabasnet

प्रतिक्रिया