कात्तिकको शुभसाइत सम्पन्न

filmकाठमाडौं : नेपाली चलचित्र क्षेत्रमा नामका खडेरीले हो वा खै केले हो । अनौठा–अनौठा नाम राखेर चलचित्र निर्माण हुनेक्रम पछिल्लोसमय निकै बढेको छ । यस्तैमा ‘कात्तिक’ नामक चलचित्र  निर्माण हुने भएको छ । चलचित्रको शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत भयो ।  निर्देशक नारायण पुरीको निर्देशनमा चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले क्ल्याप हानेर, प्राविधिक संघका अध्यक्ष मनोज केसीले क्यामरा अन गरेर र  चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले नरिवल फुटाएर चलचित्रको शुभमुहूर्त गरे ।
सल्फ फिल्मस्को ब्यानरमा तयार हुन लागेको चलचित्र ‘कात्तिक’ मा अनु शाह, भूपेन चन्द, आकाश मगर, उमेश खड्का, राजकुमार उप्रेती, मिन घलानका साथमा नव अभिनेत्री र सुरवीना कार्कीले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । शिवकुमार श्रेष्ठको निर्माण रहने चलचित्रलाई म्युजिक भिडियो निर्देशन गर्दै आएका कुमार शाहले निर्देशन गर्दै छन् । निर्देशक शाहको यो पहिलो चलचित्र हो । रामेश्वर कार्कीको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व रहने चलचित्रमा सृजन बरालको नृत्य निर्देशन रहनेछ । एक्सन विषयलाई चलचित्रको मुख्य थिम बनाइएको छ । आगामी सोमबारबाट चलचित्रको छायांकन थालिने निर्माण पक्षले जानकारी गराएको छ । (सौस)

प्रतिक्रिया