अस्मितसँग मेरो सम्बन्ध छैन : मलिक

Veena_Malikमुम्बई : पाकिस्तानीमूलकी बलिउड अभिनेत्री बिना मलिक र अस्मित पटेलबीचको सम्बन्ध बलिउड मिडियामा धेरै चर्चाका विषय बन्ने गरेको छ । तर, यी दुवै आºनो गहिरो दोस्ती सम्बन्धलाई स्विकार्ने पक्षमा छैनन् । विशेष गरी अभिनेत्री मलिकले त सम्बन्धको बाहिर आएको खबरलाई खण्डन गर्ने गरेकी छन् ।
सधैँ मेरो ध्यान आºनो करियरमा रहने गरेको छ मलिकले भनिन्, त्यसैले कोही अस्मित पटेलसँग मेरो गहिरो सम्बन्ध छैन ।’ आफूले अस्मितसँग सम्बन्ध बनाउन कहिल्यै पनि नचाहेको उनले खुलाइन् । पछिल्लो समय टिभी रियालिटी सो बिग बोसमा सहभागिता भएकै कारण सर्वत्र चर्चा पाउन सफल मलिक यही सो सहभागिता जनाउने क्रममा अस्मित पटेलसँग नजिकिएको मिडियाले चर्चा गर्ने गरेका छन् ।
मलिकले बलिउड करियर २०१२ मा प्रदर्शित चलचित्र ‘गली गली मे चोर है’ बाट सुरुआत गरेकी हुन् । पछिल्लो समय उनी अस्मित पटेलको जोडीका रूपमा सुपर मोडल चलचित्रमा काम गरिरहेकी छन् । मलिकका ‘द सिटी डेट नेवर स्लिप्स’, ‘मिस्टर मनी’, ‘सुपर मोडेल’, ‘जिन्दगी छक–छक’लगायत चलचित्र आउने तयारीमा छन् । यीमध्ये पनि ‘जिन्दगी छक–छक’ उनको विशेष चलचित्र हो । यसमा उनले सेक्स वर्करका भूमिका निर्वाह गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया