लाहुरेको भूमिकामा जम्दै घले

Dhan-Ghleकाठमाडौं : नेपाली चलचित्रमा लाहुरेको भूमिका रहने चलन आजको होइन । तर, लाहुरेको भूमिकामा देखिने व्यक्ति भने फरकफरक रहँदै आएका छन् । पछिल्लोसमय लाहुरेको भूमिकामा जम्दै गरेका कलाकार हुन् धन घले । राजेन्द्र खड्गीको चलचित्र ‘नोथिङ इम्पोसिबल’मा लाहुरेको भूमिकाबाट चलचित्र अभिनयमा प्रवेश गरेका घले कलाकारितामा विस्तारै छाउँदै छन् ।
पहिलो चलचित्र ‘नोथिङ इम्पोसिबल’ रिलिज नहुँदै उनले अर्काे चलचित्र ‘टिचर’मा अभिनय गर्न पाएका छन् ।
चलचित्र अभिनयमा भर्खर प्रवेश गरे तापनि धेरै अगाडिदेखि चलचित्रको विदेश वितरण गर्दे आएका घले वितरणकै शिलशिलामा खड्गीसँग भेट भएर अभिनय गर्न पाएको बताउँछन् । सानैदेखिको चलचित्र अभिनयमा रुचि भए पनि माध्यमका कमीले अभिनयमा प्रवेश गर्न नपाएको बताउने लमजुङ भोटे ओढारका घले शोभित बस्नेतको चलचित्र ‘टिचर’मा मूख्य भूमिकामा अभिनय गरिरहेका छन् । त्यसो त उनका साथमा केही नयाँ चलचित्र नभएको पनि होइन । चलचित्रमा अभिनय नगरेसम्म यस क्षेत्रको भर नहुने भएकोले अहिले नाम लिन नचाहेको उनले बताए ।
चलचित्र ‘जाउँ हिँड पोखरका’को आधा दर्जन विदेशी मुलुकमा प्रदर्शन व्यवस्था मिलाइरहेका घले अभिनयमा ठुलो पर्दाभन्दा सानो पर्दा तिर लोभिएका छन् । कारण खुलाउँदै भने, ‘यहाँ ठूलो पर्दाको भन्दा सानो पर्दाको चर्चा धेरै हुन्छक’ । (सौस)

प्रतिक्रिया