निशा पुगिन् शिखरमा

nisha-adakariकाठमाडौं : अभिनेत्री निशा अधिकारी सगरमाथाको शिखरमा पुगेकी छन् । मंगलबार बिहान ८ बजे उनले सरमाथा शिखरमा पाइला टेकेकी हुन् । अर्जुन कार्की शिखरमा पुगेको भोलिपल्ट अधिकारी सगरमाथामा पुग्न सफल भइन् । नायिका अधिकारीसँगै ७० भन्दा बढी आरोहीले उनीसँगै शिखर चुमेको सम्पर्कअधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
गत चैत २७ गते सगमाथा चढ्नका लागि काठमाडौंबाट पाइला बढाएकी अधिकारी सहयोगीका रूपमा सगरमाथा चढेकी हुन् । निशा आज राजधानी फर्कंदै छिन् । (सौस)

प्रतिक्रिया