विद्याको फ्रान्स योजना

vidya-balanमुम्बई : अभिनेत्री विद्या बालन केही दिनदेखि फ्रान्समा छिन् । ६६औँ कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भाग लिन उनी त्यहाँ पुगेकी हुन् । महोत्सवको बहानामा फ्रान्स पुगेकी भए पनि विद्याले त्यहाँ अर्का योजना बनाएकी छन् । उनको अर्काे योजना श्रीमान् सिद्धार्थ राय कपुरका साथमा फ्रान्सका विभिन्न भूभाग घुम्ने छ ।
‘विद्या अचेल कान्स महोत्वसमै व्यस्त छिन् । महोत्सवको अन्तिम दिन सिद्धार्थ पनि फ्रान्समा पुग्नेछन् । र, केही दिन यी दुवैले फ्रान्समा रोमान्स गर्नेछन्,’ सिद्धार्थको नजिकका एक आफन्तले भने ।
विद्या महोत्सवको जुरी सदस्यसमेत हुन् । महोत्सवमा यसपटक भारत अतिथि देशका रूपमा समावेश भएको छ । विद्याले गत डिसेम्बरमा युटिबी स्टुडियोका प्रबन्ध–निर्देशक सिद्धार्थ राय कपुरसँग विवाह गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया