युरोपका तीन प्रमुख लिग समाप्त

EPL-Euro-futbl-barcelonaलन्डन, ७ जेठ ।  युरोपियन क्लब फुटबलमा सर्वाधिक चर्चामा रहने तीन घरेलु लिग इंग्लिस प्रिमियर, स्पेनिस लिग  र इटालियन सेरी एको यस संस्करण आइतबारदेखि सकिएको छ । यस सिजन युभेन्ट्स (इटालियन सेरी ए) मात्र यी तीन लिगमा उपाधि रक्षा गर्ने एक मात्र टोली बन्यो ।  इंग्लिस प्रिमियर र स्पेनिस लिगमा साविक उपविजेता क्रमश: म्यानचेस्टर युनाइटेड र बार्सिलोना विजेता बने । यी दुई लिगमा गत संस्करणका विजेता म्यानचेस्टर सिटी र रियल म्याड्रिड यसपटक दोस्रो स्थानमा रहे । विजेता तीनवटै देशका क्लब लिगका केही खेल बाँकी छँदै उपाधि निश्चित गर्न यसपटक सफल भए । युभेन्ट्स, म्यानचेस्टर युनाइटेड र बातर्सिलोना दोस्रो स्थानका टोलीभन्दा भारी अंकले अगाडी रहे ।
घरेलु लिगमा उपाधि होडसँगै रेलिगेसनबाट सुरक्षित रहन हुने संघर्ष पनि उत्तिकै चाखको विषय बन्ने गर्दछ । यसपटक इंग्ल्यान्डमा विगान, रेडिङ र क्विन्स पार्क रेन्जर्स (क्युपिआर) रेलिगेसनमा परे भने स्पेनमा जारागोजा, सेल्टा भिगो र मालोर्का ए डिभिजनमा रहन असफल भए । इटालीमा यो दशा पालेर्मो, सिएना र पेस्काराको नाममा रह्यो ।
यी लिगको समाप्तीसँगै  युरोपियन च्याम्पियन्स लिगमा यी देशबाट सोझै छनोट हुने टोलीको पनि टुंगो लागेको छ । स्पेनिस, इंग्लिस र इटालियन लिगबाट शीर्ष चार टोली यस महादेशीय सर्वोच्च क्लब प्रतियोगितामा छनोट हुने प्रावधान रहेको छ । इंग्ल्यान्डबाट म्यान यु र म्यान सिटीसँगै चेल्सी र आर्सनल, स्पेनबाट बार्सिलोना र रियल म्याड्रिडसँगै एट्लेटीको म्याड्रिड र रियल सोसाइडाड तथा इटालीबाट युभेन्ट्ससँगै एसएससी नेपोली, एसी मिलान र फियोरेन्टिना छनोट भएका छन् ।

प्रतिक्रिया