ठूला दलका नेताहरुबीच नै जुहारी

काठमाडौ, ६ जेठ । तीन प्रमुख राजनीतिक दलका नेताहरुबीच नै निर्वाचनके बिषयलाई लिएर आरोप प्रत्यारोप भएको छ । एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एकले अर्का दललाई चुनाव विरोधी दलका रुपमा चित्रित गरेका छन् ।
एनेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले काग्रेस, एमाले, निर्वाचन आयोग, सरकार र राष्ट्रपतिले निर्वाचन नचाहेको आरोप लगाए । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने– ‘निर्वाचनपछि एमाले र कांग्रेस आफनो अस्तित्व समाप्त हुने चिन्ताले निर्वाचन चाहदैनन् भने संविधानसभासँगै राष्ट्रपतिको पनि निर्वाचन हुने भएकोले उनी पनि निर्वाचन चाहँदैनन ।’
थ्रेसहोल्डको प्रावधान राखेर काग्रेस एमाले निर्वाचन भाड्न उद्यत रहेको पोख्रेलले आरोप लगाए ।
काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले थ्रेस होल्ड हटाउन खोज्नु बहुदलीय ब्यवस्थालाई बदनाम गर्ने षडयन्त्र भएको दावी गर्दै काग्रेस थ्रेस होल्डको पक्षमा अडिग रहेको स्पष्ट पारे । उनले फौजदारी अभियोग प्रमाणित भएकालाई निर्वाचनमा उमेदवारी दिन नपाउने गरी आयोगले गरेको ब्यवस्थाले स्वस्थ राजनीतिको कल्पना गरेको उल्लेख गरे । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले निर्वाचन सम्पन्न गराउन असन्तुष्ट राजनीतिक दलहरुको सबै माग पुरा गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने– निर्वाचनका लागि मन्त्रिपरिषदका अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिने, चार दलीय संयन्त्र विघठन गर्ने लगायतका सबै माग पुरा गर्न तयार हुनु पर्छ । पूर्वसहमतीविपरीत ६ सय १ जनाको जम्बो सभासद बनाउने षड्यन्त्रमा लाग्नुले माओवादीले अहिले निर्वाचन नचाहेको र निर्वाचनको मार्केटिङ गर्न मात्र खोजेको स्पष्ट देखिएको ज्ञवालीले टिप्पणि गरे ।

प्रतिक्रिया