राष्ट्रपतिले नै रेग्मीको प्रस्ताव गरेका हुन्

krisna-sitaula_DSC0830धनगढी, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयबाट आएको बताएका छन् ।
सरकार गठन भएको दुई महिना पछि सिटौलाले रेग्मीलाई सरकार प्रमुख बनाउन राष्ट्रपतिले दलहरुलाई सिफारिस गरेको बताएका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हेटौडा महाधिवेशनमा रेग्मी नेतृत्वको सरकार गठन गर्ने प्रस्ताव गरेपनि सिटौलाले भने रेग्मी सरकार गठनमा शितलनिवासको हात रहेको बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक निकासका लागि संविधानसभाको चुनाव आवश्यक रहेको बताएका छन् । सिटौलाले राजनीतिक संक्रमण अन्त्यका लागि संविधान सभा निर्वाचनको विकल्प नरहेकोमा जोड दिए ।
‘संविधान सभाको चुनाव मंसिर भित्रै गर्नुपर्छ,’ नेता सिटौलाले भने, ‘लोकतन्त्रलाई संस्थागत गर्न जसरी पनि मंसिरमै चुनाव आवश्यक छ ।’
उनले पार्टीको मूल ऐजेन्डा चुनाव रहेको र कुनै पनि मतदाताले मतदान गर्ने अधिकारबाट वञ्चित हुन नहुने बताए । कांग्रेसको पक्षमा बहुमत नआए फेरी पनि संविधान नबने सिटौलाले दाबी गरे ।

प्रतिक्रिया