आज चार चलचित्र

Taruniकाठमाडौं : निर्माता संघले सिंगल वा दुई मात्र चलचित्र रिलिजको व्यवस्था मिलाउँछु भनेर जत्ति नै भने पनि निर्माताका लागि एक वा दुई मात्र चलचित्र रिलिज कल्पनामा मात्र सीमित छ । अघिल्ला केही साता फ्राइडे रिलिजअन्तर्गत दुई वा त्योभन्दा माथिको संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो साता अर्थात् आज शुक्रबार चार नयाँ चलचित्र सार्वजनिक प्रदर्शनमा आउने भएका छन् ।
ती चलचित्र हुन्, ‘अन्तराल’, ‘खग्रास’, ‘युज’ र ‘माया दिउँmभैँm भो’ । ‘अन्तराल’ दीपा बस्नेतको निर्देशनमा बनेको चलचित्र हो भने ‘खग्रास’मा शैलेश आचार्यको निर्देशन छ । त्यस्तै ‘युज’ मा बाबु बलामी निर्देशक छन् भने ‘माया दिउँझैँ झैँ भो’ दीपक अधिकारीको निर्देशनमा तयार भएको छ ।
दर्शन आर्टको ब्यानरमा मुम्बईमा रहेका नेपाली व्यवसायी दीपक अधिकारीले चलचित्र ‘माया दिऊँभैँm भो’ लाई निर्माण गरेका हुन् ।
विराज भट्ट, पुजना प्रधान, सोनाली जोशी, पुष्कर भट्ट, विनय आनन्दलगायतको चलचित्रमा अभिनय छ । प्रेम, एक्सन र पारिवारिक ड्रामा भरिपूर्ण चलचित्र ‘माया दिऊँभैँm भो’लाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको छ । चलचित्रको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा गरिएको छ । यसमा दक्षिण भारतकी अभिनेत्री सोनाली जोशीको अभिनय छ ।
सुरेश अधिकारीको संगीत कानु मुखर्जीको नृत्य, मोजिस कौशलको द्वन्द्व समेटिएको करिब डेढ करोड भारतीय रुपियाँ निर्माणमा लागेको छ ।
जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तराल’ युवापुस्ताले देख्ने विभिन्न सपना र सपना पूरा गर्नका लागि गर्नुपर्ने संघर्षलाई विषयवस्तु बनाइएको छ । चलचित्र सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको चलचित्रमा जिन्दगी दौड हो, यो दौडमा हिम्मत नहारी दौडिरहने व्यक्ति एकदिन अवश्य सफल हुन्छ भन्ने देखाउन खोजिएको छ ।
राजकुमार पुडासैनी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, उज्ज्वल शर्मा भण्डारी, अमितेश शाह, पूर्वमिस नेपाल रवि राणा र जेशिका बोगटीको अभिनय चलचित्रमा छ । बिबी बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेले चलचित्र निर्माण गरेका हुन् ।
वैकल्पिक सिनेमा नेपालको प्रस्तुति रहेको चलचित्र खग्रास अमेरिकामा प्रदर्शन भइसकेको चलचित्र हो Taruni-1। डोमिन आचार्य, कल्पना आचार्य, भावना आचार्य तथा दुर्गा पोखरेलले संयुक्त रूपमा  चलचित्र निर्माण गरेका छन् । संयोग पोखरेल, सुनील पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोयलगायतको अभिनय चलचित्रमा छ । विजय–पराजय, चोट, मनकामना, सौताजस्ता चलचित्र यी निर्देशकले यसअघि गरेका थिए । चलचित्रमा ६ गीत छन् । जसमा दुई रोमान्टिक छन् भने बाँकी ४ मा देशप्रेम छ । जसमा संगीत न्यूह बज्राचार्य र सुगम पोखरेलको छ ।
त्यस्तै, आजैबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र युज सेक्स र अश्लीलता हाबी भएको चलचित्र हो ।
सीमा केसी, सुभाष मेचे, जयकिशन बस्नेत, बाबु बलामीलगायतको चलचित्रमा अभिनय छ । चलचित्रको प्रचारका लागि तयार पारिएको प्रोमोमा नायिका सीमा केसीका थुप्रै उत्तेजक दृश्य देख्न सकिन्छ । यस चलचित्रले सेक्स बेच्न खोजेको अनुमान लगाउन सकिन्छ । (सौस)

प्रतिक्रिया