पहिलो ‘अन्तर्राष्ट्रिय यूथ क्याम्प’ सम्पन्न

kbकाठमाडौं, २ जेठ । नेपालमा पहिलो पटक आयोजना गरिएको विभिन्न देशका यूवाहरु सहभागि ‘अन्तर्राष्ट्रिय यूथ क्याम्प’ सम्पन्न भएको छ ।
हार्मोनी हिमालयन इण्टरनेशनल लियो युथ क्याम्प नाम गरिएको उक्त क्याम्पमा दक्षिण एसियाका विभिन्न देशका यूवाहरु सहभागि भएको आयोजकले जनाएको छ । क्याम्पका बारेमा जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा क्याम्प संयोजक प्रदीप घिमिरेले गएको नेपाली र विदेशी लियोहरुलाई सहचार्य र भाईचारको भावना जगाउने उद्धेश्यले क्याम्प आयोजना गरिएको बताए । उनले एक हप्ताको समयमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यहरु गरिएको उल्लेख गरे । क्याम्प मे ७ देखि मे १५ तारिखसम्म पोखरामा सञ्चालन गरिएको थियो । कार्यक्रम लियो जिल्ला परिषद् ३२५ B1ले आयोजना गरेको हो ।

 

प्रतिक्रिया