फर्डिनान्डद्वारा सन्न्यास घोषणा

Rio-Ferdinandलन्डन : इंग्ल्यान्ड फुटबल टिमका पूर्वकप्तान तथा प्रभावशाली डिफेन्डर ३४ वर्षीय रियो फर्डिनान्डले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  राष्ट्रिय टोलीबाहेक उनी पछिल्लो लामो समयदेखि लन्डनको ग्ल्यामरस क्लब म्यानचेस्टर युनाइटेडबाट क्लब फुटबल खेल्दै आइरहेका थिए ।
लगभग डेढ दशक राष्ट्रिय टोलीमा रहेर बिताएका फर्डिनान्डले इंग्ल्यान्डका लागि कुल ८१ म्याच खेलेका थिए । त्यस अवधिमा उनले तीन गोल पनि गर्न भ्याएका थिए । चोटका कारण सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा राष्ट्रिय टोलीमा पर्न नसके पनि फर्डिनान्डले त्यसपहिले १९९८, २००२ र २००६ मा गरी लगातार तीनवटा विश्वकप फुटबल प्रतियोगितामा सक्रिय रक्षकको भूमिका निर्वाह गरेका थिए ।
आफ्नो क्लब फुटबल करियरको सुरुआत वेस्टहयामबाट गरेर सन् २००२ देखि म्यान युमा आबद्ध भएका फर्डिनान्डले राष्ट्रिय टोलीका लागि भने पहिलोपटक सन् १९९७ मा क्यामरुनविरुद्ध खेलेका थिए । (एजेन्सी)

प्रतिक्रिया