विद्युत् प्रसारण लाइन निर्माण गरिने

लमजुङ, २ जेठ । लमजुङ जिल्लाको दोर्दी खोलामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जी हाइड्रोपावर कम्पनी प्रालिले लमजुङ ढोडेनी गाविसको कीर्तिपुरदेखि मध्यमस्र्याङ्दी जलविद्युत्् केन्द्रसम्मको १४ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
२० करोड रुपियाँको लगानीमा कम्पनीले सो प्रसारण लाइन निर्माण गर्न लागेको र त्यसका लागि नेपाल विद्युत्् प्राधिकरणसँग छिट्टै सम्झौता गर्न लागिएको कम्पनीले जनाएको छ । लमजुङको दोर्दी खोलामा चारवटा जलविद्युत्् आयोजना निर्माणको चरणमा छन् । ती जलविद्युत््् आयोजनाबाट कुल १४६ मेगावाट बिजुली उत्पादन हुने बताइन्छ ।
ट्रान्समिसन लाइन निर्माण भएपछि दोर्दी खोलामा निर्माण हुने सबै चारवटा आयोजनाको विद्युत्् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।  कम्पनीले ०७३ असोजसम्म ट्रान्समिसन लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइनको अभावमा निर्माणमा जान नसकेका आयोजनालाई समेत लक्षित गरेर प्रसारण लाइन निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत फागुनमा भएको बैठकले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने निर्णय गरेपछि लिबर्टीलाई प्रसारण लाइन निर्माण गर्ने बाटो खुलेको हो । प्राधिकरणको यो निर्णयसँगै देशका अन्य भागमा पनि निजी क्षेत्र प्रसारण लाइन निर्माणको तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया