रक्त सम्मेलन जेठ अन्तिम साता

काठमाडौं : ब्लड डोनर्स एसोसिएसनले जेठअन्तिममा दुई दिने राष्ट्रिय रक्त सम्मेलन गर्ने भएको छ । ‘शतप्रतिशत सुरक्षित स्वयंसेवी रक्तदाता अभियान’ भन्ने नाराका साथ एसोसिएसनले ३० जेठदेखि सम्मेलन गर्न लागेको हो ।
एसोसिएसनका अध्यक्ष महेन्द्र विलास जोसीले यस्तो सम्मेलन देशमै पहिलोपटक  हुन लागेको जानकारी दिए । ‘रक्त सम्मेलन भनेर अहिलेसम्म नेपालमा भएको छैन,’ जोशीले भने, ‘रक्तदान गर्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले राष्ट्रिय रक्त सम्मेलन गर्न लागेका हौँ ।’ अस्पतालमा बिरामीको उपचारमा रगत अभाव हुन नदिनका लागि आयोजित सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, विश्व स्वास्थ्य संगठन, रक्तदातालगायतको सहभागिता रहने एसोसिएसनले जनाएको छ । (सौस)

प्रतिक्रिया