दुई सय उद्योग खारेज हुदै

तनहुँ :  घरेलु तथा साना उद्योग विकास समिति तनहुँमा दर्ता भएका उद्योगमध्ये दुई सय छ खारेजी अवस्थामा रहेका छन् । समितिमा गत आर्थिक मसान्तसम्म दर्ता भएका दुई हजार सात सय ६८ मध्ये समयमा नवीकरण नगराएर निष्क्रिय रहेका उद्योग खारेजीको अवस्थामा पुगेका हुन् ।  उद्योग दर्ता गरेपछि पाँच वर्षभित्र नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि नेपाल सरकारले सो अवधिमा नवीकरण गर्न नसक्नेका लागि सात महिना पाँच दिनको म्याद थप दिए पनि उक्त समय अवधिमा पनि नवीकरण नगराउने उद्योग स्वत: खारेजीप्रक्रियामा रहने कार्यालयका प्रमुख नारायणमणि लामिछानेले बताए ।

प्रतिक्रिया