सकियो ब्याड ब्वाईको छायांकन

Bad-Boyउदयपुर : उदयपुरे नवनिर्देशक वरुणराज अधिकारीद्वारा निर्देशित चलचित्र ‘ब्याड ब्वाई’को पोस्ट प्रोडक्सन सुरु भएको छ । काठमाडौं, पोखरा, धादिङ, नारायणघाट, चितवनलगायत स्थानमा छायांकन भएको यसको प्रोस्ट प्रोडक्सन हालै गरिएको निर्देशक अधिकारीले बताए । उदयपुरका दुई युवा (त्रियुगा नगरपालिका–७ भुल्केका सुशान्त हरिस्क र मोतीगडाका विश्व उल्टो साइकलयात्री विरेश दाहाल) को मुख्य भूमिका छ
सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘ब्याड ब्वाई’ ले नेपाली समाजभित्रका युवाका वर्तमान आर्थिक, सामाजिक अवस्था उजागर गर्दै बढ्दो बेरोजगार कथा समेत समेटेको छ । सुसान्त हरिस्क, राजेश ढुंगाना, विरेश दाहाल, नागे डंगोल, सुरवीर पण्डित, सुमित्रा श्रेष्ठ, रोशनी घिमिरे, निशा थापा, रञ्जु सिलवाललगायतको चलचित्रमा अभिनय छ ।
मनोज थापाले निर्माण गरेको यस चलचित्रमा द्वन्द्व राजुजंग थापा, संगीत राम कार्की, नृत्य–निर्देशन दिनेश डिसी र छायांकन विनोद सापकोटाको छ । चलचित्र केही महिनाभित्र देशभर एकसाथ रिलिजमा ल्याइने निर्देशक अधिकारीले जानकारी गराए । (सौस)

प्रतिक्रिया