शीर्षमा फर्किन सेरेना

serrena-williamsम्याड्रिड, ३१ वैशाख । अमेरिकी टेनिस स्टार सेरेना बिलियम्स मारिया सारापोभालाई हराएर विश्व वरियताक्रममा पुन: शीर्षस्थानमा पुग्न सफल भएकी छिन् । रसिय सुन्दरी सारापोभालाई सोझो सेटमा पराजित गरी आइतबार राति म्याड्रिड ओपन टेनिसको उपाधि जितेकी सेरेना समग्रमा खेल जीवनमा ५० उपाधि पूरा गरेकी छिन् ।
पुरुषतर्फ भने राफेल नाडालले यस प्रतियोगिता जिते । यी घरेलु खेलाडीले स्टानिस्लास वारिन्कालाई फाइनलमा सोझो सेटमा पराजित गर्दै ६–२ र ६–४ ले विजयी भइन् । घुँडाको चोटबाट मुक्त हँुदै कोर्टमा फर्किएयता नाडालले जितेको यो पाँचाँै उपाधि हो ।
‘खुसी लागिरहेको छ,’ फाइनल जितेपछि सेरेनाले भनिन् । सिसाले खुट्टामा लागेको चोटका कारण केही समय अघिसम्म सेरेनाको  खेल करियर नै संकटमा परेको थियो । फोक्सोमा रगत जम्ने समस्या देखिए पनि उनी सकुशल हँुदै खेलमा फर्किएकी थिइन् । ‘मैले फेरि उपाधि जित्न सकुँला र भन्नेमा धेरैको शंका थियो, सेरेनाले भविष्यमा थपउपाधि जित्न सक्ने आशा देखाइन्, ‘मलाई थाहा छैन अझै म कतिवटा उपाधि जित्नेछु ।’
केही समयको विश्रामपछि खेलमा फर्कदै पुन: आफ्नो वास्तविक लय समाउँदै गरेकी सारापोभाविरुद्ध सेरेना सन् २००४ यता पराजित भएकी छैनन् । उनले यी रसियनविरुद्ध हालसम्म भएका १५ भिडन्तमा दुईमा मात्र पराजयको सामना गर्नुपरेको छ ।
सेरेनाले गत ब्लु क्ले सर्फेसमा खेलाइएको गत संस्करण पनि जितेकी थिइन् । खेलाडीले सर्फेस चिप्लो भएको गुनासो गरेपछि यसपटक पुन: रेड क्लेमा यो प्रतियोगिता खेलाइएको थियो । रेड क्लेमा खेलाइएका कारण आसन्न फ्रेन्च ओपन ग्रान्डस्लामका लागि यो प्रतियोगिता राम्रो तयारी भएको सेरेनाले बताइन् । ‘यहाँ खेल्दा रोलान्ड ग्यारोस(फ्रेन्च ओपन खेलाइने कोर्ट)मा खेलेजस्तो भयो,’ उनको प्रतिक्रिया थियो ।
५५औँ खेल करियर उपाधि जित्ने क्रममा नाडालले वारिन्काविरुद्धको नतिजालाई ९–० मा पुर्‍याए । चोटबाट फर्किएयता लगातार सात प्रतियोगिताको फाइनलमा पुगेका छन् । सन २००५ र २०१० मा पनि नाडालले यो प्रतियोगिता जितेका थिए ।

प्रतिक्रिया