स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ वैशाख । त्रिभुवन विश्वद्यालयले आगामी जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ ९ गतेसम्म संगठन दर्ता, १० गते मतदाता नामावली प्रकाशन गरिने छ । मतदातामा नामावलीमाथि दावी विरोधसहित अन्तिम नामावली जेठ १३ गते प्रकाशन गरिने त्रिविले जनाएको छ । यस्तै उम्मेदवारका लागि मनोनयनपत्र वितरण जेठ १४ गते (प्रत्यक्ष र समानुमातिक दुवैको लागि), उम्मेदवारको नामावली प्रकाशन जेठ १६ गते, उम्मेदवारको नामावलीमाथि दाबी विरोध एवम् नामावली प्रकाशन जेठ १७ गते हुनेछ भने उम्मेदवारको नाम फिर्ता एवम् अन्तिम नामावली प्रकाशन जेठ १९ गते र मतदान जेठ २३ गते हुनेछ । प्रत्येक दुई दुई बर्षमा हुने स्ववियु निर्वाचन अहिले पाँच बर्षपछि हुन लागेको हो । यसअघि विद्यार्थी संगठनहरुबीच निर्वाचन प्रणालीमा कुरा नमिल्दा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया